पोलियो दिवसमा रोटरीद्वारा प्रभातफेरि
चन्द्रौटा। आइतबार अक्टुबर २४ तारिख विश्व पोलियो उन्मूलन दिवस । विश्वभर विविध कार्यक्रम गरी पोलियो दिवस मनाइरहँदा रोटरी क्लब अफ कपिलवस्तुले शिवराज नगरपालिका २, बालापुरस्थित सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्ट परिसरमा प्रभातफेरि निकाली दिवस मनाएको छ ।
रोटरी क्लब अफ कपिलवस्तु, रोट्रयाक्ट, इन्ट्याक्ट क्लबको संयुक्त आयोजनामा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको हो । पर्यटन प्रवद्र्धनका उद्धेश्यले निर्माण गरिएको सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्ट परिसरमा प्लेकार्ड व्यानरसहित निकालिएको ¥याली विभिन्न स्थानको परिक्रमा गर्दै वाटरपार्क परिसरमा गई कोणसभामा परिणत भएको थियो । प्रभातफेरिमा रोटरी, , रोट्रयाक्ट, इन्ट्याक्ट क्लबका पदाधिकारीहरुको सहभागिता थियो ।
प्रभातफेरिपछि कोणसभामा प्रमुख अतिथिको आसनबाट बोल्दै लक्ष्मण भण्डारीले पोलियो उन्मूलन लगायत शिक्षा, स्वास्थ्य क्षेत्रमा रोटरीले पु¥याएको महत्वपूर्ण योगदानको चर्चा गर्नुभयो । सामाजिक विकास, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा रोटरी क्लबले अन्य विभिन्न निकायसँगसमेत सहकार्य गरी अगाडि बढ्नुपर्ने उहाँले जिकिर गर्नुभयो ।
कार्यक्रमको उद्देश्य र औचित्यबारे प्रकाश पार्दै पास्ट प्रेसिडेन्ट तोयानाथ गैरेले संसारबाटै पोलियो उन्मुलन गराउन रोटरीले महत्वपूर्ण भूमिका खेलेको बारे चर्चा गर्नुभयो । साथै सन् २०३० सम्म संसारबाट निरक्षरता उन्मूलन गर्ने रोटरी इन्टरनेशनलको अर्को मुख्य लक्ष्य रहेको उहाँको भनाई थियो । रोटरीले निरक्षरता उन्मूलनका लागि शिक्षासम्बन्धी अभियानलाई विशेष प्राथमिकतामा राखी काम गर्दै आएको गैरेले बताउनुभयो ।
पछिल्लो समय सामाजिक क्षेत्रमा रोटरी क्लब अफ कपिलवस्तुको अग्रणी भूमिका रहेको क्लबका चार्टर प्रेसिडेन्ट टोपलाल पोखरेलको भनाई थियो । कपिलवस्तुमा रोटरीलाई स्थापित गर्न आफ्नो महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै उहाँले रोटरीले बोकेको अभियानलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको जिकिर गर्नुभयो । कार्यक्रमको अवसरमा रोटरी क्लबका अध्यक्ष राजकुमार यदा क्षेत्रले आफूले आफ्नो कार्यकालमा समाज विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । साथै पोलियो उन्मूलनमा रोटरीको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै सन् २०३० सम्म निरक्षर मुक्त अभियानलाई आफूले समेत सबैसँग सहकार्य गरी काम गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा हेमराज शर्मा लगायतले सम्बोधन गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















