कार्तिक ३ गते / संजिव गहतराज। प्रतिनिधि सभाकाे निर्वाचनमा नेकपा मालेलाई नेपाली जनताले जसरी हराएका थिए त्यस्तै परिणाम नेकपा एकीकृत समाजबादि पार्टिकाेआउने कार्यक्रमकाे प्रमुख अतिथि नेकपा एमाले कपिलवस्तु सचिवालय सदस्य तथा अध्यक्ष मंण्डलका संयाेजक सि.बि गहतराजले बताउनुभयाे । साथै यस पटकाे प्रथम वडा अधिबेशन भनेकाे एकताकाेिअधिबेशन भएकाेले सम्पुर्ण संगठित सदस्यहरू कार्तिक ६ गते अनिवार्य उपस्थतीका लागि गहतराजले आवहान गर्नुभएकाे छ ।

बैठककमा शिवराज नगरपालिका उपमेयर शिवकुमारी थारू, शिवराज वडा नं १ अध्यक्ष जगत जि.सि लगायतकाे उपस्थिति रहेकाे थियाे । नेकपा एमाले शिवराजले शिवराज नगरपालिका वडा नं १ काे तयारी बैठकलाई तिब्रता दिएकाे छ । कार्तिक ६ गते देश भर हुन गईरहेकाे नेकपा एमालेकाे वडाभेलाकाे लागि सबै सदस्यहरूलाई अनिवार्य जानकारी गराउने, प्रतिवेदन तयारी पार्ने र नेतृत्वकाे विषयमा गृहकार्य शुरू गर्ने लगायतकाे विषयमा छलफल गरिएकाे छ ।

वडा कमिटि अध्यक्ष बिक्रम के.सिकाे अध्यक्षतामा आयाेजित बैठक सचिव सुवास के.सिले संचालन गर्नुभएकाे थियाे ।