संजीव गहतराज । कपिलवस्तुको विभिन्न स्थानमा आज विजया दशमीको दिन अति गरिब तथा विपन्न परिवारलाई खाद्य बस्तु वितरण गरिएको छ ।

जिल्लाको शिवराज नगरपालिका वडा नं. २ बालापुर, वडा न ९ विजगौरी, रमहदह, बानियाभार, दशनम्बर गाऊका गरिब तथा विपन्न करिब ३०० जनालाई बुद्ध शक्ती कराते डोजोको आयोजनामा चिकन बिरानी, फलफु, विस्कुट र जुस वितरण गरिएको अध्यक्ष रामु सुनारले बताउनुभयो ।

सबै हिन्दु धर्मावलम्बीहरुले विजया दशमीमा मिठो र राम्रो लगाउने पर्वको रुपमा मनाउने हुदा आफुहरुले गरिब तथा विपन्न परिवारमा सहयोग गरेको सहयोगि मध्येका समाजसेवि शंकर केसिले बताउनु भयो ।
सबै घरमा बसि आफ्नो आफन्तहरुको हातबाट टिका जमरा लगाउने यस पर्वमा शंकर के.सि, प्रेम कुमार बुढाथोकी, बोम बहादुर घर्ती, रामु सुनार, अशोक पुन, ओम बहादुर घर्तीमगर र छविलाल सुवेदी समुहले घर घरमा पुगेर सहयोग गरेको बताइएको छ ।

यस कार्यलाई सम्पन्न गर्नका लागि विभिन्न ब्यक्तिहरुले आर्थिक सहयोग गर्नुभएको थियो ।