राम अवतार चौधरी। कपिलवस्तु,प्रेस चौतारी कपिलवस्तुले जिल्ला भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार गोरुसिंगेमा आयोजना गरिएको कार्यक्रममा क्रियशिल पत्रकारलाई सम्मान गरिएको छ ।
क्रियाशिल पत्रकारिता नन्दराम पौडेल स्मृति पुरस्कारबाट लामो समयदेखि रेडियो भ्वाइसमा कार्यरत रहेकी सीता बेल्बासे र बुटवल टुडे संवाददाता तथा प्रेस चौतारीका जिल्ला सचिव बाबुराम रायमाझी र नन्दराम पौडेल मरोणापरान्त उनका दाजु टेकराज पौडेललाई प्रतिव्यक्ति रु.१० हजार नगद र सम्मान पत्र सहित सम्मान गरिएको आयोजकले जनाएको छ ।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज गिरीधारीलाल न्यौपानेले सकारात्मक कार्यलाई प्रोत्सहन गरि नकारात्मक कार्यलाई खबरदारी गर्नु मिडिया लगायत पत्रकारको प्रमुख भुमिका रहेको बताए । सरकार तथा समाजको अग्र्र पंतिmमा रहेको नागरिक अगुवा लगायत संघसंस्थाले गरेको कामबारे आम नागरिकलाई सुसुचित गर्न सञ्चारमाध्यमले मात्रै हुने सक्ने उनले उल्लेख गरे । विगतका पत्रकारिताको अवस्था स्मरण गर्दै हालको परिस्थिति निकै सहज भएको बताउँदै सामाजिक संजालको कुशल प्रयोग गरेर पत्रकारिताको धर्म निर्वाह गर्नुपर्नेमा जोड दिए ।
पछिल्लो समय पत्रकारिता निकै धाराशायी हुदैँ गएको जनाउँदै खोजमूलक पत्रकारितामा विकास गराउन एकदमै महत्वपूर्ण रहेको जनाए । ओली सरकारले ल्याएको विकास निर्माण लगायत समाज परिवर्तन हुने योजना वर्तमान सरकारले खारेज गरेकोप्रति मिडियाकर्मीलाई कलम चलाउन न्यौपानेले आग्रह गरे । निवर्तमान सरकारले गरेको धेरै कार्य जनतालाई प्रत्यक्ष अनुभुति भएको दावी गरे । पार्टी निकट अरु पनि पत्रकार संगठन भए त पनि पत्रकारिता पेशालाई अझ थप सशक्त र प्रभावकारी बनाउन प्रेस चौतारीले आफ्नो छुट्टै पहिचान बनाएको उनले प्रशंसा गरे ।
यसैबीच शुद्धोधन गाउँपालिका प्रेस सेन्टर कपिलवस्तु जिल्ला अध्यक्ष रहेका प्रभुनाथ गुप्ताले सेन्टर परित्याग गरि प्रेस चौतारीमा प्रवेश गरेका छन् । उनले सेन्टरमा रहेर कार्य गर्दै गर्दा आफूलाई असुरक्षि महसुुस भएको जानकारी दिए । उनले भने “सत्यताको वकालत गर्नु पत्रकारितको धर्म हो, त्यहि गर्दा सेन्टरको स्विाकार्य नभएकोले यसमा आउनुको विकल्प नरहेको खुलाए” ।
उक्त कार्यक्रम हरि अधिकारीको अध्यक्षता, नेकपा एमाले जिल्ला अध्यक्षता झविलाल पाख्रेल र लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी, प्रेस चौतारी नेपालकी केन्द्र्रय सदस्य पार्वती पाण्डे, प्रचार विभाग प्रमुख लक्ष्मण बेल्बासे र एमाले लुम्बिनी प्रदेश सदस्य टेकराज पौडेल लगायत जिल्लाका विभिन्न मिडियामा आबद्ध पत्रकारहरुको सहभागीता रहेको थियो ।