Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

कृष्णनगरमा झाडापखालाको प्रकोप


कृष्णनगरमा झाडापखालाको प्रकोप

कपिलवस्तु। कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखालाको प्रकोप पछिल्लो समय घट्दै गएको छ । गत सोमबार साँझ करिब ५ जनामा देखिएको झाडापखाला क्रमश बढ्दै गएपछि अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढेको अस्पतालले जनाएको छ ।
झाडापखाला गाउँभरी नै फैलिएपछि कृष्णनगर नगरपालिकाको वडा नम्बर ७, ८ र ९ का बासिन्दा बढि प्रभावित हुँदै आएका छन् । झाडापखालाका बिरामी अस्पतालमा ह्वात्तै बढेसँगै शिवराज अस्पतालका डाक्टर मुकेश चौधरी सहितको स्वास्थ्यकर्मी उपचारमा रातदिन खटेका छन् । चेतनाको अभावका कारण सरसफाईमा ध्यान नदिँदा तथा दुषित पानीका कारण झाडापखालाको प्रकोप बढेको स्वास्थ्यकर्मीहरूको भनाई छ । उनीहरुले बिरामीको जाँच तथा औषधी उपचार लगायतका आवश्यक स्वास्थ्य सेवा दिएका छन् भने कतिपय जटिल केशका बिरामी जिल्ला अस्पताल तौलिहवा र बुटवलमा रिफर गरेको अस्पतालका डाक्टर चौधरीले बताए ।

कृष्णनगर नगरपालिका वडा नम्बर ७ सुखरामपुरका अढाई बर्षीय आयान अली नाँउ झाडापखालाका कारण शिवराज अस्पतालमा भर्ना भए । उनका अभिभावकले ३ दिनदेखि पखाला लागेपछि नाँउलाई शनिबार अस्पताल ल्याएका थिए । अढाई बर्षीय नाँउलाई दिनको ६ पटक पखाला लाग्ने गरेको अभिभावकले बताए । अस्पतालले बिरामी आउना साथ औषधी उपचार गरेको छ ।

यस्तै कृष्णनगर नगरपालिका ८ की ५१ बर्षिय समशुन निशा शुक्रबार २ बजेदेखि पखालाबाट ग्रषित हुँदै भर्ना भइन् । अहिले केही अस्पताल भर्न भए देखि स्वास्थ्यमा सुधार भएको बताइन् । त्यसैगरी कृष्णनगर नगरपालिका–९, बहादुरगंजका ४ बर्षीया रन्जना काश्यपलाई शुक्रबार अस्पताल भर्ना गरियो । दैनिक ५÷६ पटक झाडा पखाला लागेपछि उनका बाबु भरतलाल काश्यपले नजिकै रहेको शिवराज अस्पतालमा भर्ना गरी उपचार गराइरहेका छन् । उनलाई लगातार झाडापखाला सँगै बान्ता पनि आउने गरेकाले अभिभावक चिन्तित छन् । तर अहिले औषधी उपचार पछि बान्ता रोकिएको छ ।

रातदिन औषधी उपचारमा स्वास्थ्यकर्मी खटिएपछि ५ दिनपछि क्रमश झाडा पखालाका बिरामी कम हुदै गई नियन्त्रणमा आएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताए । आइतबार सम्म शिवराज अस्पतालमा झाडा पखालाका ६ सय ८८ जना बिरामी भर्ना भएकोमा ६ सय ३१ उपचार पछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । ४० जना बुटवल र तौलिहवा अस्पतालमा रिफर गरिएको थियो । झाडापखालाका कारण केहि दिन पहिले उपचारकै क्रममा निजी क्लिनिकमा २ जनाको ज्यान गएको छ ।

झाडा पखालाबाट बालबालिका बढि प्रभावित

झाडापखाला फैलिएको ५ दिनपछि अस्पतालमा बिरामीको संख्या भने क्रमश घटेको छ । शनिबार मात्र झाडा पखालाका बिरामी ६१ जना भर्ना भई उपचार गराइरहेको अस्पताल प्रशासनले जनाएको छ । आइबार मात्र १७ बिरामी भर्ना भएकोमा ११ जना बालबालिका रहेको पाइएको छ । उनीहरुलाई लगातार झाडा पखाला, ज्वोरो र केहीलाई बान्ता हुने गरेको छ । तर बिरामीको अवस्था सामान्य बन्दै गएको अस्पतालले जनाएको छ ।

दुषित पानीका कारण झाडापखाला

गत सोमबार देखि कृष्णनगर नगरपालिकामा फैलिएको झाडा पखालाको मुख्य कारण दुषित पानी भएको तथ्य फेला परेको छ । पानीका ४ वटा परिक्षण गरिएको मध्ये टुयुववेलमा र नेपाल खानेपानी संस्थान बहादुरगंजले वितरण गरेको खानेपानीमा दिशाका किटाणु भेटिएको बताइएको छ । संस्थानले वितरण गरेको खानेपानीे सप्लाईको पानीको नमुना परिक्षणमा अत्यधिक व्याक्टेरिया (दिशाका किटाणु) देखिएको थियो । संस्थानले वितरण गरेको पानी नांगो आँखाले हेर्दै फोहोरो र धमिलो पना देखिएको परिक्षणका एक प्राविधिकले जनाए ।

गत बुधबार भुपु सैनिक खानेपानी वाणगंगामा परिक्षण गरिएको नमुनामा एक सय फुट तलको पानीमा शुद्धता देखिएको र ४० फिट बराबरको ट्युववेलमा १०० मिलिलिटर बराबर २ प्रतिशत व्याक्टेरिया देखिएको थियो । भने सप्लाईको धारामा अत्यधिक नगण्य व्याक्टेरिया देखिएको प्राविधिक धन बहादुर सोमैले बताए । त्यस्तैगरी सय फुटको ट्युववेलको नमुना पानी परीक्षणमा कुनै व्याक्टेरिया भेटिएन । खानेपानी संस्थानले वितरण गर्ने क्षेत्रहरु खासगरी कृष्णनगर नगरपालिका वडा नं. ५, ७, ८ र ९ वडाका बासिन्दा बढि झाडापखालाबाट ग्रसित छन् ।

यता संस्थानले वितरण गरेको पानी शुद्धता भएको विज्ञप्ती जारी गरेको छ । नेपाल खानेपानी संस्थान बहादुरगंजका कार्यालय प्रमुख रमेश मग्रातीको हस्ताक्षर भएको शुक्रबार जारी गरिएको एक विज्ञप्ती मार्फत संस्थानबाट वितरण गरेको सप्लाई क्षेत्रको पानीमा कुनै प्रदुषण र जिवाणु फेला नपरेको दावी गरिएको छ ।

झाडापखाला बिरामीको कोभिड परिक्षण

आइतबार शिवराज अस्पतालमा झाडा पखालाबाट प्रभावित भएका व्यक्तिको कोभिड परिक्षण गरिएको छ । झाडापखालाबाट प्रभावित भई अस्पतालमा भर्ना भएका बिरामीको कोभिड परिक्षण गरिएको छ । केही बिरामीमा कोभिडको सामान्य लक्षण देखिएपछि एन्टीजन विधीबाट कोभिड परिक्षण गरिएको अस्पतालका डाक्टर चौधरीले बताए । आइतबार सम्म एन्टिजन विधीबाट ३३ जनाको नमुना संकलन गरिएको मध्ये १ जना महिलामा पोजेटिभ देखिएको छ ।

प्रभावित क्षेत्रमा स्वास्थ्य विशेषज्ञको टोली
गत साता देखि झाडापखाला प्रभावित क्षेत्र बहादुरगंजमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयको विशेषज्ञ टोली शनिबार आइपुगेको छ । शनिबार दिउसो स्वास्थ्य मन्त्रालय अन्तरगत इपिमिडियोलोजी, विश्व स्वास्थ्य संगठन सहितको विशेषज्ञ टोली शिवराज अस्पताल बहादुरगंज पुगेको छ । डाक्टर सहितको विशेषज्ञ टोलीले प्रभावित क्षेत्रको निरिक्षण, बिरामी भेटघाट, नमुना संकलन लगायतका काम गरेको स्वास्थ्य कार्यालय कपिलवस्तु प्रमुख हेमराज पाण्डेले बताए । मन्त्रालयबाट खटिएको ३ जनाको विशेषज्ञको टोलीले पानी र दिशाको नमुना संकलन समेत गरेको छ ।

त्यस्तै खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ कपिलवस्तुको टोलीले पनि झाडा पखाला प्रभावित क्षेत्रमा पुगेर स्थलगत निरिक्षण गरेको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिवराजद्वारा बड्का अटवारीकाे विदा

शिवराजद्वारा बड्का अटवारीकाे विदा

बाँके जिल्ला कारागार जीर्ण

बाँके जिल्ला कारागार जीर्ण

सुरक्षा माग्दै गृह मन्त्रालय पुगे आन्दोलनरत शिक्षक

सुरक्षा माग्दै गृह मन्त्रालय पुगे आन्दोलनरत शिक्षक

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline