सीता बेल्बास,चन्द्रौटा । कपिलवस्तुको कृष्णानगर नगरपालिकामा झाडापखालाको फैलिएको छ । नगरको वडा नं. ७, ८, ९ मा १८ गते रातिदेखि बान्तासँगै झाडापखाला लाग्ने बिरामीको सङ्ख्या ह्वातै बढेको छ ।
चेतनाको अभावका कारण सरसफाईमा ध्यान नदिँदा तथा दूषित पानीका कारण झाडापखालाको प्रकोप बढेको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताव शाहाले बताउनु भयो । साथै प्रकोप फैलियको ठाउँमा चेतना कार्यक्रम सुरु गरेको बताउदै के कारणले झाडापखाला फैलियो भन्ने रिर्पाट शुक्रबार शाझ सम्म आउने पनि बताउनु भयो । यो समाचार तयार पार्दा सम्म ४६१ जना झाडापखालाका बिरामी भर्ना भएको शिवराज अस्पतालका निमित्त प्रमुख डाक्टर मुकेश चौधरीले बताउनु भयो ।
आफुहरुलाई छिमेकि पालिकाबाट पनि सहयोग गरेको डाक्टर चौधरीले बताउनु भयो । अस्पतालमा आउने बिरामीको लागि नि शूल्करुपमा उपचार गदै २४ बिसैँ घन्टा बिरामीको सेवा दिएको शिवराज अस्पतालका इमेरजन्सी इन्र्चाज रवि उपाध्य बताउनु भयो ।स्थानीयहरूले आफुहरु एक्कासि बिरामी परेको बताएका छन् ।