Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

सिर्जनशिल किशोर किशोरी सम्बाद क्लबमा नयाँ नेतृत्व चयन


सिर्जनशिल किशोर किशोरी सम्बाद क्लबमा नयाँ नेतृत्व चयन
  • शिवपुर। सिर्जनशिल किशोर किशोरी सम्बाद क्लब शिवराज १, चैनपुर कपिलवस्तुमा नयाँ नेतृत्व सर्बसम्मत चयन भएको छ ।
    सम्बाद केन्द्रको सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले पुनः गीता थारुलाई नै अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । जसको उपाध्यक्षमा रोशन थारु, सचिवमा सञ्जय थारु, सहसचिवमा सोनमती थारु र कोषाध्यक्षमा पवित्रा थारु सभाबाट निर्विरोध निर्वाचित भएका छन् ।
    किर्डाक नेपाल स्ट्रोम फाउण्डेसनको सहयोगमा संचालित दीगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण (सिड्स) कार्यक्रम अन्तर्गत गतवर्ष गठित सम्बाद क्लबले छोटो समयमै समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । मासिक बैठकबाट मासिक बचत, बालबगैंचा र सीएमसीसी संचालन, कोरोना कहरका बीच माक्स वितरण, साबुनपानीले हात धुने ६ तरिकाको ज्ञान, सरसफाई, बालविवाह, दाइजोप्रथा, बेचबिखन विरुद्ध जनचेतना अभियान लगायतका दर्जनौं कार्यक्रमहरु सम्पन्न गरेको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सोनमती थारुले बताउनुभयो । आगामी दिनमा पनि शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी गाउँटोलको विकास र परिवर्तनका लागि विभिन्न योजनाहरु अघि सारेको सोनमतीले जानकारी दिनुभयो । सम्बाद क्लबले किर्डाक नेपालबाट ३५ हजार र करीब १५ हजार संकलित बचत रकमबाट उदाहरणीय कार्य गरेको छ । क्लबका कोषाध्यक्ष पवित्रा थारुले ५९ हजार ८सय ७५ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
    साधारणसभालाई सम्बोधन गर्दै शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले सम्बाद क्लबले गरेको कार्य प्रसंशनीय रहेको भन्दै आफ्नो गाउँटोलको विकासमा अग्रसर भई उदाहरणीय बन्न सुझाउनुभयो । साथै नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिंदै उपमेयर थारुले समाज परिवर्तनमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । बैठक, कार्यक्रम गर्नका लागि सामुदायिक भवन नहुँदा समस्या भएको औल्याउँदै उपप्रमुख थारुले गाउँमा रहेको पुरानो कुवामाथि सामुदायिक भवन निर्माणका लागि पहल गरिन् आश्वासन समेत दिनुभयो ।
    यता कार्यक्रमका विशिष्ट अतिथि चेम्बर अफ कमर्स केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष महादेव पोखरेलले समाजमा समस्याको रुपमा रहेको कूरीति, कुसंस्कारलाई जरैदेखि निमूल पार्न किशोर किशोरी सम्बाद क्लबका सदस्यहरु अग्रसर हुनुपर्ने धारणा राख्नुभयो । यसैगरी कार्यक्रममा किर्डाक नेपालका प्रतिनिधि बिनोद केवट, खानेपानी तथा सरसफाई उपभोक्ता समितिका उपाध्यक्ष सुनिता कुँवर लगायतले नव निर्वाचित पदाधिकारीहरुको कार्यसफलताको शुभकामना दिंदै समाज परिवर्तनमा किशोर किशोरीहरु सधैं एकजुट हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सरस्वती थारुले कार्यक्रमको लक्ष्य र उद्देश्यको बारेमा जानकारी गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

ताजा समाचार

लुम्बिनी प्रदेशमा राज्यमन्त्रीहरू नरहने

लुम्बिनी प्रदेशमा राज्यमन्त्रीहरू नरहने

लुम्बिनी प्रदेशका १५७ प्रावि शिक्षक बढुवा, कपिलवस्तुका ३ जना

लुम्बिनी प्रदेशका १५७ प्रावि शिक्षक बढुवा, कपिलवस्तुका ३ जना

भारतमा पुलिसले गरे मन्त्रीको हत्या

भारतमा पुलिसले गरे मन्त्रीको हत्या

नयाँ नागरिकता लिएपछि लामिछाने गृहमन्त्रीमा फर्कने तयारीमा, ओली र प्रचण्डबीच सहमति हुन बाँकी

नयाँ नागरिकता लिएपछि लामिछाने गृहमन्त्रीमा फर्कने तयारीमा, ओली र प्रचण्डबीच सहमति हुन बाँकी

शहीद दिवस : लैनचौरमा रहेको शहीद स्मारकमा विशेष कार्यक्रम हुँदै

शहीद दिवस : लैनचौरमा रहेको शहीद स्मारकमा विशेष कार्यक्रम हुँदै

यी स्थानमा आज हल्का वर्षा

यी स्थानमा आज हल्का वर्षा

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline