शिवपुर । समाज रुपान्तणका लागि युवा आबज भन्ने उदेश्यका साथमा सुर्यदय सामाजिक युवा क्लव द्धारा आयोजना भएको खुल्ला नकआउट फुटवल प्रतियोगमा गोल्डेन स्टार क्लव बानिबारले शून्यका विरुद्ध १ गोल जित हात पारेको छ । गोल्डेन स्टार क्लव बानिबार र मनकामना एफ सीको फाइनल खेलमा गोल्डेन स्टार क्लव बानिबारले शून्यका विरुद्ध १ गोल जित हात पारेको हो ।
गोल्डेन स्टार क्लव बानिबारले रु३० हजार नगद पुस्कार सहित मेडल टर्फी हात पारेको छ । यस्तै दु्रतिय हुने मनकामना एफ सी ले रु १५ हजार नगद पुरस्कार सहित मेडल टर्फी हात पारेको छ । शिवराज नगरपालिका १ करहियामा सुर्यदय सामाजिक युवा क्लव द्धारा आयोजना खुल्ला नकआउट फुटवल प्रतियोगमा असोज १ गते बाट सुरु भएको खेलमा १७ टिमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । खेलसमापन कार्यक्रममा बोल्दै मनकामना सामुदायिक उपभोक्ता समितिका अध्यक्ष राम बहादुर केसीले खेलाडिलाई सम्मान गर्दै खेल भनेको समाज रुपान्तणको लागि महत्वपुर्ण रुपमा रहने भएकाले सबैले खेललाई सम्मान गर्नु पर्न बताउनु भयो । आगमिदिनमा पनि सधै सहयोग गर्न बताउनु भयो । यस्ता खेलबाट अगाडि बढ्रदै राष्ट्रिय स्तर सम्म पुग्नै हुदा खेलाडिलाई हौसला प्रदान गर्न आबश्यक रहेको नेकपा एमालेका शिवराज १का वडा कमिटि अध्यक्ष खिम बिक्रम केसीले बताउनु भयो ।
खेलसमापन कार्यक्रममा कपिलबस्तु सुनचादिँ ब्यवसाहि संघका अध्यक्ष लाल बहादुर गहतराज,समाज सेवि जिवलाल पौडेल, लिलामनि आचार्य,युवा नेता विराट केसी, मनकामना आभारभुत बिद्यालयको प्र अ सुनिता थारु,ब्यापार संघ कपिलबस्तुका अध्यक्ष महादेव पोखरेल,नेकपा एकिकृत समाजवादि पाटी नगर कमिटि अध्यक्ष सरोज पौडेल,नेकपा एकिकृत समाजवादि पाटी जिल्ला अध्यक्ष हंक बहादुर हमाल लगायतको उपस्थिितिले खेलको रौनक बढाएको थियो । फुटवल खेलमा उतकृष्ट खेलाडिलाइ सम्मान गरिएको थियो । सुर्यदय सामाजिक युवा क्लवका अध्यक्ष शंकर प्रसाद थारुको अध्यक्षतामा फुटवल खेल प्रतियोगा सम्पन्न भएको थियो ।