कमल बिष्ट / कपिलवस्तु । जय बुद्ध सामाजिक युवा क्लब शिवराज नगरपालिका १ बेलौती कपिलवस्तुले बिजया दशमीको अवसरमा खुल्ला नृत्य प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
बिगतका वर्षहरुमा क्लबले गर्दै आएको विविध सास्कृतिक कार्यक्रम लाई निरन्तरता दिदै यस वर्ष १४ औं सास्कृतिक कार्यक्रमको आयोजना गरी खुल्ला नृत्य प्रतियोगिता गर्न लागेको क्लबका अध्यक्ष तिलकबहादुर पुनले जानकारी दिनुभयो ।
नृत्य प्रतियोगितामा भाग लिएर प्रथम स्थान हासिल गर्ने लाई नगद रु २० हजार त्यसैगरी द्वीतीय हुने लाई नगद रु १० हजार र तृतीय हुनेलाइ नगद रु ५ हजार साथमा आकर्ष ट्रफि र प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव केशर थापाले जानकारी दिनुभयो । प्रतियोगिले संस्कृति र सन्देश झल्काउने नृत्य प्रस्तुत गर्नुपर्ने जनाउदै कम्तीमा ४ जनाको समुहमा र ४ मिनेटको गितमा नृत्य प्रस्तुत गर्नुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागीता जनाउन इच्छुकले शिवराज नगरपालिका १ बेलौतीमा रहेको जय बुद्ध सामाजिक युवा क्लबको कार्यालयमा सम्पर्क गरी यही असोज १२ गते भित्र टिम दर्ता गरीसक्नुपर्ने आयोजकले जनाएको छ , कार्यक्रम यही असोज २७ गते बेलुका ७ बजे बाट बेलौतीमा अवस्थित दुर्गा मन्दिरको प्राङ्गणमा हुनेछ