Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

महत्वकांक्षी योजना बनाउनु हुँदैन” वडाध्यक्ष जि.सी


महत्वकांक्षी योजना बनाउनु हुँदैन” वडाध्यक्ष जि.सी

चन्द्रौटा । कपिलवस्तुको एक विद्यालयमा विद्यालयको सुशासन, स्वःमूल्यांकन र विद्यालय सुधार योजनाको समिक्षा तथा निर्माण विषयक १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
स्ट्रोम फाउण्डेसन र किर्डाक नेपालको साझेदारीमा संचालित दिगो तथा मर्यादित सामाजिक आर्थिक सशीक्तकरण कार्यक्रम(सिड्स) अन्तर्गत जिल्लाको श्री सरस्वती आधारभूत विद्यालय शिवपुरमा अभिमुखीकरण सम्पन्न भएको हो ।

विद्यालयको चौतर्फी पक्षको सुधार गर्दै शैक्षिक गुणस्तरमा आमूल परिवर्तन ल्याउन अभिमुखीकरण गरिएको विद्यालयका अध्यक्ष छन्द बहादुर सिंह जि.सी.ले जानकारी दिए । विद्यालयको समस्या पहिचान गरी पञ्चवर्षीय विद्यालय सुधार योजना (एस.आई.पी) निर्माणका लागि अभिमुखीकरणको आयोजना गरिएको अध्यक्ष जि.सी.ले बताए ।

कार्यक्रममा शिवराज नगरपालिका वडा नं. १ का वडाध्यक्ष जगत बहादुर जि.सी.ले महत्वकांक्षी योजना निर्माण नगर्न सुझाव दिए । महत्वकांक्षी योजनाले विद्यालयको शैक्षिक हित नहुने वडाध्यक्ष जि.सी.ले औल्याए । सत्य, तथ्यलाई आधार मानी शुक्ष्म अध्ययन गरी योजना निर्माण गर्दा विद्यालयको चौतर्फी विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । साथै उनले अबको शिक्षालाई सीपमूलक र व्यवसायिकतामा बढी जोड दिनुपर्ने तर्क राखे ।

अबको शिक्षामा संस्कारको कुरालाई प्रमुखताका साथ समाबेश गर्दै बालबालिकाहरुलाई प्रयोगात्मक अभ्यासबाट सिक्ने वातावरणको सृजना गर्ने खालको शिक्षा दिनुपर्ने धारणा राखे । अबको शिक्षा व्यवहारिक, सामाजिक र प्रविधिमैत्री बनाउन सोही अनुसारको योजनाका साथ लागू गर्नुपर्ने सुझाव दिए ।

अभिमुखीकरणलाई सहजीकरण गर्दै किर्डाक नेपालका कार्यक्रम अधिकृत श्री बहादुर भण्डारीले सबैभन्दा पहिले विद्यालयको स्वःमूल्यांन गरेर मात्र विद्यालय सुधार योजना निर्माण गर्नुपर्ने बताए । विद्यालयको गेटदेखि नेटसम्मको शुक्ष्म अध्ययन गरी योजनामा समावेश गर्दा उत्कृष्ट योजना बनाउन सकिने विश्वास व्यक्त गरे ।

अभिमुखीकरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक, शिक्षक, बालक्लबका विद्यार्थीहरुको सहभागिता थियो । अभिमुखीकरणसँगै विद्यालयको योजनाको खाका निर्माण गरी लागू गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

शिवराजद्वारा बड्का अटवारीकाे विदा

शिवराजद्वारा बड्का अटवारीकाे विदा

जन्मोत्सवमा बटुकलाई खाद्य सामाग्री

जन्मोत्सवमा बटुकलाई खाद्य सामाग्री

कपिलवस्तु पश्चिम कृष्णनगर क्षेत्र वरिपरि  कपडा तस्करी मौलाउदै

कपिलवस्तु पश्चिम कृष्णनगर क्षेत्र वरिपरि कपडा तस्करी मौलाउदै

आज विश्वकर्मा पूजा पूजापाठ गरि मनाउँदै

आज विश्वकर्मा पूजा पूजापाठ गरि मनाउँदै

किन हुन्छ शिवराजमा विकासको काममा अवरोध  कभर्ड हल बन्ने कहिले  ?

किन हुन्छ शिवराजमा विकासको काममा अवरोध  कभर्ड हल बन्ने कहिले  ?

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline