कृष्ण पाैडेल,विजय नगर । कपिलवस्तु स्वर्गद्धारी सामाजिक विकास संस्थाले आफ्नाे प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न गरेकाे छ । अधिवेशनले कृष्ण प्रसाद शर्माकाे अध्यक्षतामा ९ सदस्य कार्यसमित चयन गरेकाे हाे ।
उपाध्यक्षमा लाेक बहादुर थापा, सचिव दिलिप कुमार धाेवि, काेषाध्यक्ष सम्झना गाैतम, सदस्यहरू अग्नि प्रसाद सापकाेटा, याेगेन्द्र प्रसाद शुक्ल, दिलमाया बरालमगर, बिर माया सुनार र रबि प्रताप यादव चयन भएका छन् । कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरू तथा सदस्यहरूलाई संस्थाले राखेकाे लक्ष्य उद्धेश्य हासिल गराेस भन्ने बिजयनगर स्वास्थय शाखा प्रमुख वाई. पि अधिकारी, बिजयनगर कार्यपालिका सदस्य शुशिला भण्डारी, ग्यन कुन्ज सहकारी संस्थाकाे ब्यवस्थापक प्रमिला पाैडेल, विजयनगर मगर संघ अध्यक्ष रेश्मि मगर, नेपाल ब्यवसायिक बाख्रा पालन महासंघ केन्द्रीय सचिव सन्ताेष के.सि लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बार्षीक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएकाे थियाे । प्रतिवेदमा बाेल्दै बिजयनगर गाउपालिकालाई आफ्नाे सेवा क्षेत्र बनाएर कृषि, उध्मशिलता, एक गाउँ एक उत्पादन लगाएतकाे महत्वकांक्षि याेजनाहरू अध्यक्ष शर्माले प्रस्तुत गर्नु भएकाे हाे । संस्थाकाे सदस्य बीरमाया सुनारले स्वागत गरेकाे कार्यक्रमकाे संचालन पत्रकार संजिव गहतराजले गरेका थिए ।