चन्द्रौटा,कपिलवस्तु । शिवराज नगरपालिकाले थारु समुदायको बडका अट्वारी पर्वका अवसरमा भदौ २७ गते सार्वजनिक विदा दिएको छ । शनिवार शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले एक सूचना जारी गर्दै भदौ २७ गते शिवराज नगरपालिका माताहतका सम्पुर्ण कार्यालयहरु बन्द रहेने जनाएको छ । यसैबीच थारु समुदायको अट्वारीमा सार्वजनिक विदा दिएको भन्दै पश्चिम क्षेत्रका वरिष्ट पत्रकार सिताराम चौधरीले शिवराज नगरपालिकालाई धन्यवाद दिएका छन् ।