Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

स्वेच्छिक रुपमा सामाजिक सुरक्षा भत्ता नलिने नागरिकलाई सम्मान गरिने


साउन १ गतेदेखि श्रमिकको न्यूनतम तलब १५ हजार ।

२२ भदौ, काठमाडौं । राज्यले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा त्याग गर्ने नागरिकलाई सरकारले सम्मान गर्ने भएको छ ।

सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा लिन नचाहने नेपाली नागरिकलाई स्थानीय तहले सम्मान गरी प्रमाणपत्र समेत दिने व्यवस्था सामाजिक सुरक्षासम्बन्धी कानूनहरुमा उल्लेख गरिएको छ । यस्ता नागरिकलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले समेत सम्मान गर्ने भएको छ ।

विभागले यसरी स्वेच्छिक रुपमा सामाजिक सुरक्षा भत्ता त्याग गर्ने नागरिकको विवरण संकलन गरी त्यस्ता व्यक्तिलाई सम्मान गर्न स्थानीय सरकारहरुसँग आह्वान गरेको छ । साथै, त्यस्तो विवरण विभागमा समेत पठाउन भनेको छ ।

विभागले स्थानीय तहहरुलाई काटेको पत्रमा भनिएको छ, ‘सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा त्याग गर्ने व्यक्तिलाई विभागले पनि सम्मान गर्ने भएको हुँदा सामाजिक सुरक्षा प्राप्त गरिरहेका तथा प्राप्त गर्न योग्य लाभग्राहीले स्वेच्छिक रुपमा भत्ता त्याग गर्न सक्ने प्रावधानबारे स्थानीय स्तरमा समेत प्रचार प्रसारका साथै जनचेतना अभिवृद्धि गरी ती व्यक्तिको विवरण विभागलाई समेत जानकारी गराउनू होला ।’

सामाजिक सुरक्षा नियमावली २०७६ र सामाजिक सुरक्षा ऐन २०७५ अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिले त्यस्तो सामाजिक सुरक्षा भत्ता लिन नचाहेको घोषणा गर्न सक्ने प्रावधान रहेको छ । सोही नियमावलीले यस्ता नागरिकलाई स्थानीय तहले सम्मान गरी प्रमाणपत्र लिनुपर्ने व्यवस्था रहेको छ । सामाजिक सुरक्षा भत्ताको मुल मर्म आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकको जीवनयापनमा आइपर्ने जोखिम न्यूनिकरणमा सघाउ पुर्‍याउने रहेको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार अहिले देशभर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या ३४ लाख ६५ हजार ७ सय १३ जना रहेको छ । सरकारले सामाजिक सुरक्षामा वार्षिक १ खर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

बाँके जिल्ला कारागार जीर्ण

बाँके जिल्ला कारागार जीर्ण

सुरक्षा माग्दै गृह मन्त्रालय पुगे आन्दोलनरत शिक्षक

सुरक्षा माग्दै गृह मन्त्रालय पुगे आन्दोलनरत शिक्षक

आज विश्व अल्जाइमर्स दिवस

आज विश्व अल्जाइमर्स दिवस

भव्यताका साथ मनाइयाे चन्द्राैटामा संविधान दिवस

भव्यताका साथ मनाइयाे चन्द्राैटामा संविधान दिवस

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline