चन्द्रौटा । शिवराज नगरपालिकामा विद्यार्थीहरुको लागि भोली १ दिनका लागि एस्ट्रोजेनिका खोप लगाइने शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले कपरी अनलाइनलाई बताए । १८ उमेर पुगेका विद्यार्थीको लागिखोप कार्यक्रम शिवराज नगरपालिकाको ३ वटा स्वास्थ्य संस्थामा संचालन हुने गरि सुचना जारी गरेको गरिएको शिवराज नगरपािकका मेयर नेत्रराज अधिकारीले बताए ।
१८ वर्ष उमेर पुरा गरेका विद्यार्थीहरुले आफनो विद्यार्थी परिचय पत्र र उमेर खुल्ने परिचय पत्रको आधारमा खोप लगाईने भट्टराईले बताए। नगरपालिकाद्धारा आइतबार जारी गरिएको सूचना अनुसार सोमबार (भोली) समय तोकेर खोप लगाइने जनाइएको छ । शिवराज नगरपालिकको ३ स्थान वाट खोप लगाईने शिवपुर स्वास्थ्य चौकी शिवपुर,आधारभुत स्वासथ्य सेवा अस्पताल चन्द्रौटा र चनई स्वास्थ्य चौकी, खरेन्द्रपुरमा खोप केन्द्र कायम गरेको छ ।