चन्द्रौटा । शिवराज नगरपालिका वडा न २ मा अपाङ्गगता भएका व्यक्तिहरुको भेलाले संजाल गठन भएको छ । शिवराज नगरपालिका वडा न २ को सभाहलमा भएको भेलाले १३ सदस्यी कार्यसमिति गठन भएको किडाक नेपालका सामाजिक विकास अधिकृत विनोद केवटले बताए ।
शिवराज नगरपालिका वडा न २ का अध्यक्ष राम बहादुर थारुको अध्यक्षतामा वडा न २ का वडा सचिव बाबुराम सापकोटका आतिथ्यतामा र हिरामान्सी थारुको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।