कमल बिष्ट , कपिलवस्तु लुम्बिनी प्रदेश सरकारको बजेट बाट बेलौती कलौनी जोड्ने सडक निर्माण सम्पन्न भएको छ , नाली सहित १२ मिटर सडक खण्ड कायम गरेर निर्माण थालिएको ४०० मीटर लम्बाई रहेको सडक कालोपत्रे सम्पन्न भएको हो। त्यस्तै बेलौती करहीया जोड्ने सडकको २६० मी. बढी लम्बाई र ६ मिटर चौडाइको पिच पनि सप्पन्न भएपछि स्थानीय खुशी भएका छन् ।
बेलौती कलौनी सडकमा दैनिक हजारौं विद्यार्थी र शिवराज १ नम्बर वडा साथै ९ नम्बर वडाका नागरिक आवत जावत गर्ने भएकाले अति ब्यस्त साडक भएपनि लामो समय देखि साघुरो र जिर्ण अवस्थामा रहेको थियो, सोही बाटो हुदै सडक डिभिजन कार्यालय पुगिन्छ तर त्यसको निर्माणमा कसैले अग्रसरता देखाएका थिएनन, बाटोका कारण नागरिकले दैनिक समस्या भोगेको नियालीरहनुभएका प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले जनगुनासो सम्बोधन गर्दै प्रदेश सरकार मार्फत पहल गरेपछि सडकले पूर्णता र सुन्दरता पाएको हो ।
लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण भएका सडक, सडक पुर्वाधार बिकास कार्यलय रुपन्देही (RIDO) मार्फत करीव १ करोडको लागतमा निर्माण सम्पन्न भएको हो ।