असार २२ गते / संजिव गहतराज शिवराज नगरपालिकाले संस्कृति संरक्षणका लागि पंचे बाजा बितरण गरेकाे छ । शिवराज नगरपालिका वडा न २ हल्लानगरमा रहेकाे दलित जनजागरण समूहलाई लाेप हुन लागेकाे कला, संस्कृति, भेषभुषाहरूकाे संरक्षणका लागि पंचेबाजा हस्तान्तरण गरिएकाे नगर प्रमुख नेत्रराज अधिकारीले जानकारी दिनुभयाे ।
नगरपालिकाबाट दलित समुदायले प्ररमपरागत रूपमा गर्दै आईरहेकाे पेशाकाे सम्रक्षण र निरन्तरताका लागि महत्वपुर्ण रहने अध्यक्ष खुमान सिंह परियारले बताउनु भयाे । नगरबाट प्राप्त सहनाई, झ्यालि, दमाहा, टेम्काे, ढाेलक , कर्नाल र नरिसंहा १/१ थान समुहले पुजा,पाठ, मेला तथा आैपचारिक कार्यक्रमहरूमा प्रयाेग गर्दै पेशाकाे रूपमा बिकास गर्ने सचिव सुरेश विकले बताउनुभयाे ।