Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

वाचा पूरा गर्दै नगरप्रमुख अधिकारी ।


कुष्ठरोग सामान्य रोग भएकोले नलुकाउना नगर प्रमुख अधिकारीको आग्रह ।

कपिलवस्तुको शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले चुनावताका बोलेका बाचा पूरा गर्ने दिशातिर लाग्नुभएको छ । मेयरमा निर्वाचित भएको ४ बर्ष पुग्नै लाग्दा नगर प्रमुख अधिकारीले क्रमश आफुले मतदाता समक्ष गरेका प्रतिवद्धता पूरा गर्न थाल्नुभएको हो ।

चालु आवमा नगरभित्र दुई वटा एम्बुलेन्स र एक दमकलको व्यवस्था गरी उहाँले नगरबासीको माग पुरा गर्नुभएको छ । गर्मीयाममा आगलागीका घटना बढ्ने शिवराजमा दमकल नहुँदा समस्या हुँदै आएको थियो । त्यसैलाई मध्यनजर गरी नगरपालिकाले दमकल खरिद गरी सञ्चालनमा ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले  बताए ।

यस्तै यसै बर्ष नगरले दुई वटा एम्बुलेन्स खरिद गरेको छ । एम्बुलेन्स खरिदसंगै अब नगरबासीलाई उपचारका लागि अयन्त्र लैजान सहज हुने नगरको विश्वास छ । कोरोना महामारीका बेला नगरले दुई एम्बुलेन्स खरिद गरी सिंगो नगरपालिका स्वास्थ्य प्रति संवेदनशिल छ भन्ने देखाएको छ । चुनावका बेला नगर प्रमुख अधिकारीले नगरबासीका लागि एम्बुलेन्स सेवा दिने प्रतिवद्धता जनाउनुभएको थियो ।

गत बर्ष कोरोना महामारीका बेला स्वास्थ्य उपचारमा कठिनाई भैरहेका बेला शिवराजले कोभिड-१९ अस्थायी अस्पताल द्रुत गतिमा बनाएर प्रशंसा बटुलेको थियो ।  उक्त अस्पताल निर्माणसंगै स्वास्थ्य उपचारमा अहिले सहजता आएको छ । नगरले आफ्नै खर्चमा डाक्टर राखेर अहिले कोभिडको विरामी संगै अरु  विरामीहरुलाई  सेवा प्रदान गरिरहेको छ ।

चुनावको बेला नगर प्रमुख अधिकारीले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखे बमोजिम अहिले चन्द्रौटामा प्रदेश सरकारले १ सय शैयाको सरुवा रोग अस्पताल निर्माणको काम अगाडी बढाएको छ ।   नगरपालिकाको पहल र प्रदेश सरकारको प्राथमिकतामा अहिले चन्द्रौटामा यति ठूलो शैयाको अस्पताल बन्न लागेको हो जुन शिवराज नगरबासीको लागि खुसीको कुरा भएको स्थानिय गोपाल प्रसाद बन्जाडेले बताए । नगर प्रमुख अधिकारीले आफ्नो पूरा कार्यकालमा आफुले बोलेका सबैजसो प्रतिवद्धता पूरा गर्ने अभियानमा लागेको एमालेका स्थानिय नेता शरद अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

ताजा समाचार

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

दस केजी चरेस सहित दुई जना पक्राउ

दस केजी चरेस सहित दुई जना पक्राउ

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने

शिवराज नगरपालिका एक्सनमा

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline