Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

कालोपत्रे सडक मात्रै विकास होइन स्वास्थ्य र शिक्षामा शिवराजको ध्यान जाओस ।


शिवराज चन्द्रौटा । स्थानीय तहको निर्वाचन पछि गठन भएको नगर सभाबाट आफनो नगर बिकासका लागि विस्तारित योजना बनाउदा सडक निर्माण कार्यलाई विशेष प्राथमिकाता दिएको देखिन्छ । यसैलाई सुक्ष्म अध्ययन गर्ने हो भने नेपाल जस्तो अल्पविकसित देशमा सडक, स्वास्थ्य र शिक्षा नै बिकासका मुल सुचक हुन जरुरी हो ।

स्थानिय तहका सरकारले गरिबी र पछौटेपन भएका आफना नागरिकलाई यी सेवामा पहुच बढाउन अहिलेको परिपेक्ष्यमा अति नै सान्दर्भिक रहेको छ । माथि उल्लेखित विषय वस्तुमा शिवराज नगरपालिकाले अन्य सरोकारका विषय  भन्दा सडक निर्माण कार्यलाई बढी प्राथमिकतामा राखे पनि अन्य सेवालाई कम प्राथमिकतामा राखेको स्थानिय सरोकारवालाहरुले  महशुस गरेका र विभिन्न बैठक र छलफलमा उठने गरेको छ ।

विषयवस्तु उठान गर्दा कुनै पनि दल वा राजनैतिक आस्थाभन्दा माथि उठि नागरिकहरुको  आस्था जोडिनु शान्दर्भिक हो । एउटा नागरिकको हैशियतले  समाज बिकासका लागि उसले विभिन्न सवालहरुलाई उठाउन गर्नु उसको मानविय कर्तव्य पनि हो ।  मैले शिवराज नगरपालिकालाई अब बाँकी रहेको दिनहरुमा  विशेष गरि स्वास्थ्यलाई प्रथामिकताको आधारमा पहिलो सुचकको रुपमा लिन र यस क्षेत्रमा व्यापक सुधार गरि स्वास्थ्य क्षेत्रमा लगानीको लागि  हार्दिक अनुराेध गर्न चाहन्छु ।

विकासको दृष्टिकोणले लुम्बिनी प्रदेश र नेपालको सन्दर्भमा मानव सुचान्कमा एकदमै पछाडी परेको जिल्लाको रुपमा लिन सकिन्छ । शिवराज नगरपालिकाको क्षेत्रफल १७८.९५ किलोमिटर जनघनत्व २८० किलोमिटर र जनसंख्या २०६८ अनुसार ४९,९८८ भएपनि अबको १० वर्षको अन्तरालमा करिब ९० हजारको अनुमान गर्न सक्छौ ।

जनप्रतिनिधि निर्वाचित भएको ४ वर्षमा धेरै सडक कालो पत्रे भयाे ,त्यो कालोपत्रे सडकले स्थानियको जीवन स्तरमा के परिवर्तन आयो वा आएन , यसको लेखाजोखा गर्ने बेलल आएको र यस वाट लाभान्वित व्यक्तिहरुको तथ्याङ्ग र उनीहरुको जिवनमा आएको परिवर्तनका विषय वस्तु शिवराज नगरपालिकाले सार्वजनीक गर्न जरुरी देखिन्छ ।अहिले विश्व कोरोना भाईरस र कोभिड १९ को प्रभावले ग्रसित छ । हामी स्वास्थ्यको दृष्टि कति पछाडी छौ भन्ने विषय जग जाहिर भएको कुरा हो त्यसकारण  अबकाे बजेट सडक निर्माणकार्य भन्दा पनि स्वास्थ्य तथा सरसफाइका क्षेत्रमा लगानी गर्नुपर्ने देखिन्छ ।

हामीले शिवराज नगरपालिकामा  डाक्टर सहितको सेवा जस्ते  महिला, बालबालिका, हाडजोर्नी लगायतका विषयमा केन्द्रित भई दिन सके यसले शिवराज नगरपालिका संगै आफना छिमेकी नगरपालिकाका व्यक्तिहरु लाभवान्वित हुन् सक्छन । शिवराजले  बिशेषज्ञ सेवा सहितको   अस्पतालको सुरुवात गर्न सके शिवराज नगरकाे मात्रै नभई छिमेकी नगरपालिका बुद्ध भुमी,महाराजगन्ज कृष्णनगर तथा बिजयनगर गाउँपालिकाका लागि नमुना नगरपालिका हुन सक्छ । 

गरिब रेखामुनी रहेका मानिसलाई समेत सुबिधा मिल्ने र प्रदेशकै अब्बल नगरपालिकाकाे रुपमा साबित हुने देखिन्छ ।  यस क्षेत्रका बिरामीहरु सेवा लिन बुटवल , भैरहवा , काठमाडौ र भारतका विभिन्न शहरहरुमा उपचार गर्न जानुपर्ने बाध्यताको अन्त्य हुनेछ र हामीले चाहेको “समृद्ध नेपाल, सुखी नेपाली “को सपना साकार हुन सक्छ । त्यस कारण अब शिवराज नगरपालिकाले बजेट निर्माणकार्य गर्दा स्थानिय तहले नयाँ बजेट ल्याउने तयारी गरि रहदा मानिसको दैनिक जीवनसंग जोडिएको सवाल खास गरि सडक भन्दा पनि स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लगानी आवश्यक देखिन्छ ।

शिक्षा संविधानमै आधारभुत तह निशुल्क र अनिवर्य भनिए पनि स्थानिय तहले अक्षर चिनाउना नसक्नु हाम्रो लागि दुर्भाग्य हो । शिवराज नगरपालिकाले २०७६ सालमा आफुलाई साक्षर नगर घोषणा गरेको थियो घोषणा गर्दा शिवराजमा ९५.१२ प्रतिशत नगरवासी साक्षर भएको दाबे पेश गरेको थियो । अहिले पनि यहाँका धेरै जसो व्यक्तिहरु अगुठा छाँप रहेको हामी फिल्डमा गई हेर्ना सक्छौ । 

शिवराज नगरपालिकामा शिक्षा क्षेत्रमा गुणस्तरियता कायम गर्न र सतप्रतिशत बालबालिकाहरुलाई विद्यालय भर्ना अभियान अहिले पनि चुनौतीको रुपमा रहेको छ । अब स्थानिय तहले नयाँ बजेट ल्याउने तयारी गरि रहदा यि मानिसको जिवन संग जोडिएको सवालमा शिवराज नगरपालिकको समय ध्यान जाओस ।

 

तपाईको प्रतिक्रिया

संबन्धित खबर

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

सरकारले ल्याएको शिक्षा विधेयक सच्याउनैपर्छ : सांसद भण्डारी

सरकारले ल्याएको शिक्षा विधेयक सच्याउनैपर्छ : सांसद भण्डारी

राष्ट्रपति बाइडेनको कुकुरले फेरि मान्छे टोक्यो !

राष्ट्रपति बाइडेनको कुकुरले फेरि मान्छे टोक्यो !

कात्तिक ८ गतेदेखि चुलेण्डी गोल्डकप हुने

कात्तिक ८ गतेदेखि चुलेण्डी गोल्डकप हुने

मंगोलियाविरुद्ध नेपालको शानदार जीत

मंगोलियाविरुद्ध नेपालको शानदार जीत

ताजा समाचार

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

अखिल कपको उपाधि शंकरदेवलाई

अखिल कपको उपाधि शंकरदेवलाई

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline