केशव बेल्वासे कपिलवस्तु । किसानहरु अब संगठित रुपमा अगाडि बढ्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । अखिल नेपाल किसान महासघं शिवराज नगरपालिकाका अगुवा कार्यकर्ता भेला कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले किषानहरु संगठित हुनुपर्नेमा जोड दिएका हुन । अखिल नेपाल किसानहरुको भेलाबाट बेलसिहं रावतको संयोजकतोमा ६४ सदस्यिय शिवराज नगर कमिटि निमार्ण गरेको छ । जसको सह संयोजकमा टुका के सी, याम चौधरी उजेलि अधिकारी लगायत रहनुभएको छ । कार्यक्रममा प्रमुख अतिथि किसान महासंघ स्थायी कमिटि सदस्य ताराजन घिमिरेले किसान भनेको देशका गहना भएको र तिनिहरुका पनि थुप्रै समस्याहरु रहेको बताउदै अब किसानहरु एकजुट भएर अगाडि बढेर समस्याहरु सम्बन्धित निकायमा र्पुयाउनु पर्ने बताउनु भयो । किसाहरुलाई एकिकृत गरेर कानुनि आन्दोलन उठाउनुपर्ने उँहाले बताउनु भएको छ । कार्यक्रममा अखिल नेपाल किसान महासघं शिवराज नगर संयोजक बेलसिहं रावतले अब वडा वडामा किसान संगठन निमार्ण गरी प्रत्यक किसानका समस्या बुझ्ने र स्थानिय तह, प्रदेश सरकारसम्म किसानका समस्या समाधानको लागी पहल गर्ने बताउनुभयो । किसन अगाडि बढ्नको लागी सबैभन्दा पहिला एकिकृत हुनुपर्ने भएकाले किसान महासंघको वडा कमिटि विस्तार गरीने बताउनु भयो ।
जिल्ला कमिटि सचिबालय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसिले सरकारले कृषि क्षेत्रत्रमा धेरै नै लगानि गरेको बताउदै अब किसान सक्रीय हुनुपर्ने बताउनु भयो । किसानहरु एकजुट भएर अगाडि बढ्नुपर्नेमा प्रदेश सभा सदस्य केसिले जोड दिनुभएको थियो । खास किसानले अनुदान नपाएर देखावटि किसानले अनुदान पाउने प्रवितिको अन्त्यका लागी सरकार लागीरहेको बताउदै उत्पादनका आधारमा अनुदान दिने गरेको बताउनुभयो ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघ जिल्ला संयोजक राम पौडेल, किसान महासंघ केन्द्रिय सदस्य तथा किसान महासंघ जिल्ला सक इन्चार्ज राम बेलास यादव, म’क्ति समाज केन्द्रिय सदस्य सदस्य बेगम विश्वकर्मा, एमाले शिवराज नगर कमिटि अध्यक्ष जगत पौडेल, पाटि जिल्ला कमिटि सदस्य तथा व्यापार संघ कपिलवस्तु अध्यक्ष महादेब पोख्रेल, पार्टि जिल्ला कमिटि सदस्य तथा मानव अधिकार प्रतिष्ठान कपिलवस्तु जिल्ला अध्यक्ष विष्णु प्रसाद खतिवडा, पाटि जिल्ला कमिटि सदस्य गंगा घर्ति मगर, जिल्ला विभाग सदस्य नर बहादुर पौडेल लगायतले किसानहरु एकजुट हुपर्नेमा जोड दिनुभएको थियो ।