कमल बिष्ट ।पेसागत महासघँ नेपाल लुम्बिनी प्रदेश कमिटिकाे भेला बुटवलमा सम्पन्न भएको छ , भेलाले छबिलाल पान्डे संयोजक र हरिसचन्द्र बिक सहसंयोजक रहेको ८१ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ । नवगठित कमिटीलाइ केन्द्रीय सयाेजक बाबुराम थापाले सपथ ग्रहण गराउदै बधाई र सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बन तथा भुसरँक्षण मन्त्री तथा प्रदेश अध्यक्ष लिला गिरीले पेशागत महासंघले आफ्नो पेशागत कर्तब्यको पालना गर्दै राज्य संग पेशागत हक हितका लागि पहलकद्मी गर्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सपना साकर पार्न लागिपर्नुपर्नेमा जोड दिनुभयो ।
लुम्बिनि प्रदेशका १२ जिल्लाका ३०० भन्दा बढि अगुवा पेशाकर्मि हरुकाे उपस्थितिमा सम्पन्न प्रदेश आयाेजक कमिटि गठन कार्यक्रममा
कपिलवस्तु जिल्लाबाट लुम्बिनि प्रदेश कमिटिमा शिक्षा क्षेत्र बाट शिक्षक झबिन्द्र ( शिवराज नगरपालिका ), रमेश पन्थि ( शिक्षा- बाणगङ्गा नगरपालिका ), बिष्णु ब .क्षेत्री स्वास्थ्य (शिवराज नगरपालिका) , लेखनाथ पाैडेल( स्वास्थ्य – शिवराज नगरपालिका ) सरस्वति भन्डारि ( स्वास्थ्य -बाणगगाँ नगरपालिका ) बाट सर्वसम्मत चयन हुनुभयकाे छ।
साथै कपिलवस्तु सयाेजकमा गाेकर्ण अर्याल लाई चयन गरिएको छ । ( स्वास्थ्य -बुद्ध भुमि न पा ) सहसयाेजक शान्ति केसिजिसि ( शिक्षा- शिवराज नपा ) निर्वाचित हुनुभयो ।
बन तथा भुसरँक्षण मन्त्री तथा प्रदेश अध्यक्ष लिला गिरीको प्रमुख आथित्यता ,पेशागत महासङ नेपाल केन्द्रीय सयाेजकँ बाबुराम थापाको बिशिस्ट अतिथ्यता , सहसंयोजक दयाराम बस्याल , लुम्बिनी प्रदेश माननिय सदस्य तथा ने कपा एमाले केन्द्रीय सदस्य दयाराम न्याैपाने ( एम एस शर्मा) लगायतको उपस्थिति र छबिलालको सन्चालनमा सम्पन्न भएको हो ।