कपिलबस्तु २१ चैत्र। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नया सरकार गठनको लागी आज साझ बाट तयारी शुरु हुने बताएका छन् । कांग्रेसको बैठकले निर्णय गरे अनुसार नयाँ सरकार गठनको बाटो खुलेको र आजै बाट पहल शुरु हुने बताएका छन । शनिबार कपिलवस्तुमा पार्टीको जिल्लास्तरीय प्रशिक्षण र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अवको सरकारको आयु धेरै नरहेको बताएका हुन् ।
अध्यक्ष प्रचण्डले केपि ओली लाई हिटलर जस्तै तानशाही तथा मधेस बिरोधीको संज्ञा दिँदै ओली सबै भन्दा बढी मधेश बिरोधी भएको बताएका छन । आफूहलाई मधेसको मसिहा मान्ने दलहरु पनि मधेश विरोधी सरकार संग सहकार्य गर्न खोजेको आरोप लगाएका छन साथै सरकार संग सचेत हुन पनि आग्रह गरेका छन । मधेशको समस्या चाडै भन्दा चाडै समाधान गर्न आफु प्रतिवद्धता रहेको प्रचण्डले बताएका छन ।