कृषकहरुसँग पशुधन विमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम आज शिवराज नगरपालिका ३ खरेन्द्रपुरमा सम्पन्न भएको छ । शिवराज नगरपालिका पशुसेवा शाखाको आयोजनामा शिवराज नगरपालिका भित्र रहेका कृषि पेशा अन्तरगत,बुंगुर पालन,दुग्ध डेरी,गाइभैसि पालन लगायतका पेशा गर्ने कृषक र विमा कम्पनी र पशुसेवा शाखा बिच अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले कृषकका पिर मर्का बुझन आफु नगरभित्रका सबै कृषकका गोठमा पुग्ने गरेको बताउनु भयो । धान गहुँ जस्ता खेति बालि कम्बाईनले काट्ने र पराल जलाउने गर्दा वतावरण प्रदुषण बढ्ने, माटोको उर्वर शक्ति घट्ने र पशुको आहारमा समेत समस्या हुने बताउदै यो जलाउन बन्देज गर्नको लागी सबै वडामा र्सकुलर जारी गर्ने नगर प्रमुख अधिकारीले बताउनु भयो । दुधको भाउमा रहेको समस्या समाधानको लागी पनि आफुले पहल गर्ने नगर प्रमुख अधिकारीले बताउनु भयो ।
कार्यक्रममा शिवराज नगरपालिका वा नं ३ का अध्यक्ष टेकलाल सापकोटाले कृषकलाई उत्पालनमा आधारित अनुदान दिने गरेको बताउदै लगनशिल भएर कृषि पेशामा लाग्न अनुरोध गर्नुभएको छ । शिवराज नगरपालिका पशुसेवा शाखाका प्रमुख राम प्रसाद अधिकारीले कृषकले पशुविमा गर्दा हुने फाइदा तथा पशु विमा गर्दा देखिएका समस्या र विमा गर्दा अपनाउनु पर्ने प्रक्रिया,पशु विमालाई प्रभावकारी बनाउन र कृषकलाई जोखिमबाट मुक्त गर्नका लागि कस्तो अवस्थामा विमा केलेम गर्न पाउने लगायतका विषय वारे स्पस्ट पार्ने उद्धेश्यका साथ कार्यक्रम तय गरिएको बताउनु भयो ।
अन्तरक्रियामा किशानले पशु बिमा गरे पनि घट्ना पश्चात विमा वापतको रकम सहज ढंगले पाउन मुस्किल भएको कृषनहरुले गुनासो गरेका थिए । अधिकाशं कृषकले गाइभैसिको लागि आवश्यक पर्ने दाना तथा घाँस महंगो पर्ने तर दुध कम मुल्यमा बिक्रि हुने गरेकाले कृषक मारमा परेको बताएका थिए । कार्यक्रममा चन्द्रौटामा रहेका सानिमा इन्सुरेन्श,सिद्धार्थ इन्सुरेन्श र कम्पनीका प्रमुख तथा प्रतिनिधिले विमा सम्बन्धि सहजिकरण गर्दै विमा गर्दा सहज ढंगले गर्ने समेत प्रतिबद्धता गरेका छन । शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको संचालन पशुसेवा शाखाका प्रमुख राम प्रसाद अधिकारीले गर्नु भएको थियो ।