Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

मुस्लिम आयोग र लुम्बिनी मदरसा बोर्ड गठनमा सिरहाको भुमिका उपाध्यक्ष मशहूद खां नेपाली ।


मुस्लिम आयोग र लुम्बिनी मदरसा बोर्ड गठनमा सिरहाको भुमिका उपाध्यक्ष मशहूद खां नेपाली ।

 शहबाज खान/कपिलवस्तु सिरहा जिल्लाको कल्यानपुर १२ बेल्हामा रहेको मदरसा नजमुल हुदा अल सल्फीयाले लगातार ४बर्ष देखि गर्दै आएका राजनीतिक तथा धार्मिक सांस्कृतिक कार्यक्रम यो बर्ष पनि भव्यरुपमा आयोजना गरेको छ ।

यो कार्यक्रमले नेपाल–भारत मैत्री सम्बन्धलाई मजबुत बनाउनमा पनि सहयोग पुर्याइरहेको र कार्यक्रममा भारतका ठूल ठूला शहरबाट धर्मगुरु शायरहरुको उपस्थिति रहदै आएको पनि छ। पछिल्लो शुक्रवार सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व मंत्री तथा हालका प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंह विशिष्ट अतिथि संविधान‌ सभा सदस्य तथा नेपाली कांग्रेस जिल्ला सभापति रामचन्द्र यादव,पूर्व सांसद मुख्तार अहमद,लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मे पटक हिजाशहूद खां नेपाली अतिथी प्रदेश सभा सदस्य प्रमोद कुमार यादव, कल्याणपुर नगरपालिकाका नगरप्रमुख सुरज नाथ मण्डल,उपप्रमुख रोहिनी यादव,नेपाली कांग्रेस सिरहा जिल्ला पूर्व सभापति अमर रेग्मी लुम्बिनी प्रदेश राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनी अल्कुफी लगायतहरु रहेका थिए।

कार्यक्रम मोहम्मद रज्जाक राइनको अध्यक्षतामा संचालन भएको थियो। उक्त कार्यक्रमका विशिष्ट अतिथि नेपालीले आफ्नो मन्तव्य राख्दै उपस्थित सबैमा र आयोजक समितिलाई हृदयदेखि धन्यवाद दिदै बताए – प्रदेश नं.२को यो मेरो पहिलो यात्रा थियो । मलाई खुशी लाग्यो तपाईहरुको माया र आशिर्वादले आज कल्यानपुरको बेल्हामा मेरो उपस्थिति भएको छ । नेपालका सात प्रदेश मध्ये लुम्बिनी प्रदेश एक मात्र पहिलो प्रदेश जसमा मदरसा बोर्ड गठन भएको छ बोर्ड गठन भएको दिनदेखि हामी अग्रगतिमा आफ्नो हक अधिकारका लागि लडिरहेका छौ । यसक्रममा भारतको मदरसा शिक्षा परिषदले मान्यता दिएको मोलवी,आलिम डिग्रीलाई नेपाल सरकारको पनि समकक्षता लिन हामी सफल पनि भएका छौ।

लुम्बिनी प्रदेशमा मदरसा बोर्ड खडा गर्ने लडाइमा यही जिल्लाका सिरहानगरपालिका रमाउल गाउका डां अब्दुल गनी अलकुफीको पनि ठूलो भुमिका रहेको जिक्र गर्दै आशा छ कि अगाडीको यात्रामा पनि तपाईहरुको सहयोग मिल्छ नेपालमा मदरसा बोर्ड गठन गर्ने तैयारी सब भन्दा पहिला प्रदेश नं.२ ले नै गरेको थियो तर यो प्रदेशमा राजनितीक अस्थिरताको कारण अहिले सम्म प्रदेश सरकारले गठन गर्न सकेन जस्तो मलाई लाग्छ यो दुखद रहेको बताउनु भयो। मुस्लिम आयोग नेपाल गठन गर्ने समयमा प्रदेश नं.२ सिरहाका अगुवाहरुको ठूलो भूमिका रहेको र प्रदेश नं.२ का मुस्लिम अगुवाहरुले आफ्नो समुदायका हक अधिकारको लागि बर्षौंदेखि लडि़रहेका छन । पूर्व सांसद मुख्तार अहमदलाई धन्यवाद दिदै भने – मुस्लिम आयोग गठन गर्नमा यहांको ठूलो भूमिका रहेको थियो। आजको कार्यक्रममा उपस्थित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य नगरप्रमुख उप–प्रमुख लगायत सरोकारहरु संग अल्पसंख्यक मुस्लिम समुदायको हक हित र अधिकार सुनिश्चित गराउनको लागि पहल गर्न गराउनमा सहयोग गर्न उपाध्यक्ष नेपालीले आग्रह समेत गरे र प्रदेश नं.२ मा पनि छिटै मदरसा बोर्ड गठन गर्नको लागि हाम्रो टोली सम्बन्धित निकायका पदाधिकारी हरुसँग भेटेर छलफल गर्ने प्रतिबद्धता समेत उनले जनाए ।

उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्षले भने – नेपाल सरकारले केही दिन अघि २०७८ सालको विदा सूची राजपत्रमा प्रकाशित गरेको छ जसमा अल्पसंख्यक समुदायलाई नजर अन्दाज र वेवस्ता गरेर मुस्लिम समुदायको विदा कटौती गरेको छ यो रवैयाप्रति राष्ट्रीय मदरसा संघ नेपाले घोर विरोध समेत गरेको छ । अब यस्ता गलत कदमहरुको विरोध टोल टोलदेखि केन्द्रसम्म हुनु पर्छ । सरकारले समुदायप्रति चालेको गलत कदमको विरोध खुलेर गर्नुपर्छ ।

आफ्नो हक अधिकारको बिषयमा पार्टीगत तथा छुट्टा छुट्टै बिचारधारामा बिभाजित नभइ एक भएर लडनु पर्ने कुरामा उनको जोड थियो । उपस्थित प्रदेश सभा सदस्य, नगरप्रमुख,उपप्रमुख,संविधान सभा सदस्य,जिल्ला सभापति लगायतहरुलाई नेपाली भाषामा अनुवाद गरेको पवित्र पुस्तक कुरान शरिफ पनि भेटमा दिए। कार्यक्रम लाई व्यबस्थित तथा सफल बनाउनको लागि मुजिबुर रहमान अयुबसल्फी,जहीर प्रधान,अब्दुल रज्जाक,सकिल अख्तर लगायत युवाहरुले मेहनत गरेका थिए। यो यात्राको क्रममा सिरहा सदरमुकाममा रहेको ताज होटलका संचालकले उक्त टोलीको भव्य स्वागत गर्दै आफू सौभाग्यशाली रहेको भावना ब्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

काठमाण्डौमा आज हुने प्रदर्शनलाई ध्यान दिँदै उच्च सुरक्षा सतर्कता

काठमाण्डौमा आज हुने प्रदर्शनलाई ध्यान दिँदै उच्च सुरक्षा सतर्कता

मकवानपुर केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प

मकवानपुर केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प

ताजा समाचार

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

प्रहरी समायोजनको मागसहित सात वटै प्रदेशका गृहमन्त्रीहरु काठमाण्डौमा

प्रहरी समायोजनको मागसहित सात वटै प्रदेशका गृहमन्त्रीहरु काठमाण्डौमा

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरमा पनि सुरु

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरमा पनि सुरु

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline