शिवराज चन्द्रौटा । शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले शुक्रवार मैनार खोला,सुरही खोला फेज १,२,३ गरि ४ वटा  खोला नाकामा छडके अनुगमन गरेका छन् । मैनार र सुरही खोलाबाट ढुंगा र गिट्टीको चोरी निकासी र नदि किनारमा हुने अवेद्ध उत्खन्न भए नभएको र जन गुनासो आए पछि  मेयर अधिकारीले विहाना  छड्के अनुगमन गरेका छन् ।

शिवराज नगरपालिकाले पुष महिना देखि  मैनार र सुरही खोलाबाट ढुंगा,गिट्टी र बालुवा निकासी खुल्ला गरिएको छ । खोला वाट हुने  ढुंगा र गिट्टीको अवैध चोरी निकासी भए नभएको बारे बुझन्न   नियमित अनुगमन थालिएको मेयर अधिकारीले बताए । मैनार र सुरही खोला वाट ढुंगा र गिट्टी बोक्ने ट्याक्टर र टिपरले राजश्व तिरे–नतिरेको, खोलाको गहिराइ र मापदण्ड अनुसार उत्खन्न भए– नभएको बारेमा अनुगमन गरेका थिए ।

अनुमगनमा शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्याल वडा नं १ का वडा अध्यक्ष जगत बहादुर जी.सिको सहभागिता रहेको थियो । नगरपालिकाका मेयर अधिकारीले कुनै पनि ठेकेदार कम्पनिले गलत गरेको भेटिएमा कारवाहि गरिने बताए ।