चन्द्रौटा । शिवराज नगरपालिकामा २ जना कर्मचारीको विदाई कार्यक्रम सम्पन्न भएको छ । सरकारी सेवामा लामो समय सम्म काम गरि १ जना पशु शाखा प्रमुख र १ जना कृषि शाखा अधिकृत रहेका छन् । पशु शाखा प्रमुख रामदुलारे यादव र कृषि शाखा अधिकृत शिवकुमार चौधरीलाई शिवराज नगरपालिकाको आयोजनामा बिदाई गरिएको प्रशासन शाखा अधिकृत डिलिराज भट्टराईले बताए । विदाई कार्यक्रमा कर्मारीको तर्फ वाट मन्तव्य राख्दै शिक्षा शाखा प्रमुख लोकराज पन्थीले अबको अवकाश जिवन समाजसेवामा दिन र बाँकी जिवन सुखमय होस भनि शुभकामना व्यक्त गरेका थिए ।
विदाई कार्यक्रममाआफनो मन्तव्य राख्दै शाखा प्रमुख राम दुलारे यादवले शिवराज नगरपालिकामा आफनो कार्यकाल सुखद रहेको बताए । आफनो स्थानिय तहमा काम गरेको अनुभव छोटो भए पनि नगर प्रमुख नेत्रराज अधिकारी र उप प्रमुखको उचित सरसल्लाह पाएको बताए । यादवले बिदाई कार्यक्रममा शिवराज नगरपालिका विकास उन्मुख नगरपालिका भएको बताए । विदाई कार्यक्रममा मन्तव्य राख्दै शिवराज नगरपालिकाका उपमेयर शिवरकुमारी थारुले कर्मचारीहरु लोकसेवा पास गरि आएको र जनप्रतिनिधिहरु जनताको सेवा गरने भनि जनताको बिच चुनावको परिक्षा पास गरि आएको बताउदै जनताको सेवा प्रमुख प्राथमिकता रहेको बताइन् । कामको शिलशिलामा भएको तिता मिट्ठा कुरहरुलाई विर्सना आग्राह गर्दे अवकास जिवन सुखमयको शुभकामना व्यक्त गरिन् । कार्क्रममा शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले सरकारी सेवामा प्राप्त गरेको अनुभवलाई बाँकी जिवनमा र समाज सेवामा लगाउन सुझाव दिदै सु –स्वास्थ्य तथा दिर्घायुको कामना गरे । कार्यक्रमा शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्यालले अवकास जिवन सुखमय बनौस भनि शुभकामना दिएका थिए । कार्यक्रम प्रशासन शाखा अधिकृत डिलिराज भट्टराईको संचालन र प्रमुख प्रशासिकय अधिकृत गणेश अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।