केशव बेल्वासे चन्द्रौटा । ह्विल चियरमा मेची महाकाली यात्रामा रहेका रामबहादुर तामाङ्गलाई चन्द्रौटामा भव्य स्वागत गरिएको छ ।
यात्राको १८ औँ दिनमा चन्द्रौटा आइपुग्गेका सिन्धुपाल्चोक गाउँपालिका ७ निवासी ३८ वर्षीय तामाङ्गलाई एक कार्यक्रमका बिच स्वागत गरिएको हो ।
यात्राको शुभकामना संगै ह्विल चियर यात्रीलाई दोसला ओढाई सम्मान गरिएको हो ।
यात्रामा रहेका रामबहादुर तामाङ्गले व्यक्ति शारीरिक रुपमा अपाङ्गता भएपनि मानसिक रुपमा अपाङ्गता बन्न नहुने बताए । आफनो यात्राले अपाङ्गता भएका व्यक्तिहरुले समाज तथा राष्टलाई ठुलो योगदान दिन सक्ने बताए । आफु जस्तै अपाङ्गता भएका व्यक्तिहरुलाई जिवनमा केही गर्न सकिने भनि यात्राको सुरुवात गरेको बताए ।
हाम्रो जिवनको मालिक हाफै हो भन्ने उदेश्यले र विश्वमा नै सामान्य ह्विल चियरमा यति लामो यात्रा आजसम्म कसैले नगरेको हुदा आफुले यात्राको सुरुवात गरेको तामाङ्गले बताए । व्यापार सघं कपिलवस्तुका अध्यक्ष महादेब पोख्रेलले अपाङ्गता भएका व्यक्तिहरुले विश्वमा धेरै कृतिमान कायम गरेकोले यस साहसिक यात्राको शुभकामना दिएका थिए ।
एस सि आइ लुम्बिनी प्रदेश कोषाध्यक्ष खुमराज घिमिरे, लगायत स्थानीय समाजसेवी उद्धमी ब्यापारी द्वारा घिमिरे होटलमा आयोजित कार्यक्रममा खादा ओढाएर बधाई एवम् बाकी यात्रा सुखद र सफल बनोस भनि शुभकामना सहित सम्मान कार्यक्रम गरिएको घिमिरेले बताए ।