शिवराज चन्दौटा कपिलवस्तु । शिवराज नगरपालिका वडा न ५ को सभाहलमा शिवराज नगरपालिकको आठौ नगरसभा सम्पन्न भएको छ ।
नगरसभाले शिवराज नगरपालिकाको विनियोजन ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक २०७७ स्वीकृत गरेको छ ।
बैठकल विभिन्न निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले बताए । नगरसभामा सम्पुर्ण वडा सदस्य,कार्यपालिका सदस्य र वडा अध्यक्ष तथा शिवराज नगरपालिकाका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।
नगरसभा शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीको अध्यक्षता उप प्रमुख शिवकुमारीले आगामी निति तथा कार्यक्रम प्रस्तुत गरेको र प्रमुख प्रशासकिय अधिकृतले कार्यक्रम संचालन गरेका थिए ।