सीता बेल्बासे । किसोर किसोरीहरुको सम्रग बिकासको लागि प्रशिक्षक प्रशिक्षण तालिम शिवराज ५ चन्द्रौटामा फागुन २७ बाट सुरु भइ २९ गते सम्म संचालन भएको हो।
किशोर,किशोरहरुको सम्रग बिकासका लागि रुपान्तरण कार्यक्रम भन्ने उदेश्यका साथ युनिसेफको सहयोगमा सिद्धार्थ सामाजिक बिकासको आयोजनामा उक्त तालिम ३ दिन सम्म संचाल भएको थियो ।
शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले किशोर,किशोरीको समग्र बिकासको लागि यस्ता खालका तालिमले किशोर,किशोरीको जिवनमा धेरै परिवर्तन गराउने बताउदै यहाँ सिखेका कुरा लाई आआप्नो ठाउँमा लगनशिलताको साथमा प्रयोग गर्न किशोर,किशोरीलाई अनुरोध गरे ।
कपिलबस्तुमा तिन ठाउँमा तालिम संचालन भएको शिवराजमा २८ जना किशोर,किशोरीहरूको सहभागि तालिमा रहेर वाल संरक्षण वालबिवाह कसरी रोक्न सकिन्छ भन्ने बिषयमा रहेर छलफल गराएको सिद्धार्थ सामाजिक बिकास रुपान्तरण कार्यक्रमका सहजकर्ता दुर्गा अर्यालले बताए ।
किशोर,किशोरीमा आत्म विश्वास बढ्नुका साथै आफुले सिखेका कुरा अरुलाई सिकाउन सक्ने परिर्वतन आएको उनले बताए ।
सिद्धार्थ सामाजिक बिकास मन्चका अनुगमन तथा मूल्याङ्गन अधिकृत काशिराम भट्टराइले किशोर,किशोरीको पारिवारिक बिकास योजना कसरी बनाउने आर्यआर्जनलाइ कसरी बढाउन सकिन्छ भन्ने विषयमा रहेर छलफल गरेको बताए । सहभागि किशोर,किशोरी मध्य कविता सुवेदि,मिलन गबार र सरला कुँवरले यस्ता खालका तालिमले किसोर अवस्थामा हुने विभिन्न परिर्वतन भविस्यको योजना कसरी बनाउने जस्ता कुरा तालिममा सिकेको बताउदै आप्नो व्यक्तिगत जिवनमा पनि धेरै सकारात्मक परिर्वतन आएको बताए ।