कमल बिष्ट । कपिलवस्तु शिवराज ९ रमुवादहमा जारी तेस्रो शिवगढी महाशिवरात्री मेला तथा सास्कृतिक कार्यक्रम आज समापन भएको छ , मेलाको आज शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले समापन गर्नुभएको हो ।
समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नगरप्रमुख नेत्रराज अधिकारीले पुस्तौ देखि हुदै आएको रमुवादह मेला केही वर्ष यता थप ब्यवस्थित र भब्य बन्दै गएको र शिवगढी मन्दिर र शिवगढी किल्लाको धार्मिक र एतिहासिक महत्व बारे मेला भर्न आउने भक्तजन र शिवगढी दर्शन गर्न जाने दर्शनार्थीहरु बाट यसको महिमा प्रचार प्रसारमा थप टेवा पुग्दै गएकाले एतिहासिक रमुवादह, शिवगढी मन्दिर र शिवगढी किल्लाको विकास र प्रवर्द्धनमा नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।
धार्मिक पर्यटक र एतिकासिक किल्ला अवलोकन गर्न आउने पर्यटकका लागि यि क्षेत्र महत्वपूर्ण रहेकाले सबै यसको तिब्र बिकासमा लाग्नुको बिकल्प नरहेको उहाले बताउनुभयो । बिगत ३ वर्ष देखि ब्यवस्थित मञ्च निर्माण गरी राष्ट्रिय कलाकारहरु समेत उपस्थित गराएर निशुल्क सास्कृतिक कार्यक्रम हेर्न पाउने ब्यवस्था आयोजकले गर्दै आएको छ। नेपालका विभिन्न स्थान र भारत बाट समेत शिवगढीको दर्शन गर्न आउने र रमुवादहमा मेला भर्न आउने भक्तजनको उपस्थितिले आयोजक थप उत्साहित बनेका छन् भने बालमैत्री बाल उद्धान, मेला स्थल छेवैको नदीमा डुङ्गा सयर गर्दै दर्शनार्थी रमाइरहेका देखिन्थे । शिवगढी पर्यटन विकास संस्था शिवराज ९ को आयोजनामा फागुन २५ गते बाट सुचारु भएको कार्यक्रम ३ दिन सम्म चलेको थियो, समापन कार्यक्रम सस्थाका सस्थापक तथा पूर्व अध्यक्ष पनिराम रोका मगरको अध्यक्षता र बिक्रम केसीको संचालनमा सम्पन्न भएको थियो ।