Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

रेसुङ्गा एयरपोर्टमा निर्माणअन्तिम चरणका काम धमाधम ।


रेसुङ्गा एयरपोर्टमा निर्माणअन्तिम चरणका काम धमाधम ।

गुल्मी । रेसुङ्गा बिमानस्थल शिलन्यास भएका डेढ दशक भइसकेको छ । दुई बर्षअघिबाट धुले उडान हुन थाल्यो । तर, नियमित उडान अझै भएको छैन । किनकी नियमित उडानको निम्ती आवश्यक भौतिक संरचनाको काम पुरै भएका छैनन् ।

अहिले आएर बिमानस्थलको अन्तिम चरणका कामहरु धमाधम भइरहेका छन् । बिमान स्थलको महत्वपूर्ण संरचना टर्मिनल भवन र धावनमार्ग कालोपत्रे गर्ने काम तिव्र्र रुपमा अगाडी बढेको छ । टर्मिनल भवनसहित कन्ट्रोल टावरको नेपाल नागरिक उड्यन प्राधिकण एरोड्रो इन्जिनीयरिङ्ग विभाग मार्फत बोकोई श्रेष्ठ कन्सट्रक्सन जेभीले निर्माण सम्झौता गरेको छ ।

विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर चार करोड पाँच लाख २९ हजार छ सय १० रुपैयाँको लागतमा निर्माण सम्झौता गरिएको छ । ०७६ चैत ४ गते सम्झौता भएको भवन र टावरको काम ०७८ असोज मसान्त काम सम्पन्न गर्नुपर्ने छ । निर्माण कम्पनीले अहिले टर्मिनल भवनको पहिलो तल्ला ढलान गर्ने तयारीमा रहेको छ ।

त्यस्तै अर्को महत्वपूर्ण संरचना धावन मार्ग कालोपत्रे गर्ने काम सुरु भएको छ । धावन मार्ग पाँच सय २० लम्बाई र २० मिटर चौडाईको छ । रौताह हरिहरी जेभीले अहिले धावन मार्ग कालेपत्रेको लागि सव बेस बिछ्याउने काम गरिरहेको छ । अझै बेस र कालोपत्रे गरेर दुई चरणको काम बाँकी रहेको छ ।

रौताह हरिहरी जेभीले धावन मार्ग कालोपत्रेको लागि ०७६ सालमा सात करोड २५ लाखमा निर्माण सम्झौता गरेको थियो । उसले गत कार्तिकसम्म काम सक्नुपर्ने थियो । तर, कोभिड, निर्माण सामग्री र निर्माण व्यावासायी आफैको ढिला सुस्तीका कारण समयमै काम गर्न सकेन् । अहिले पुनः साढे सात महिना ठेक्का म्याद पाएकाले काम धमाधम भएको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

ताजा समाचार

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline