शिवराज,चन्दौटा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेले शिवराज नगरकमिटिले आफनो कार्यालयमा नयाँ बोर्ड राखेको छ ।
सर्वोच्च अदालतको फैसलाबाट ब्युँतिएका नेकपा एमाले नेकपाको साइनबोर्ड हटाएर एमालेको बोर्ड राख्नेका हुन् । तत्कालीन नेकपा एमाले नगर कमिटि सदस्य महादेव पोखरेलले शिवराजमा पार्टी कार्यालयमा बोर्ड राखेर सर्वोच्चको फैसला कार्यान्वयन गरिएको बताए ।
यसैबीच, सर्वोच्च अदालतको फैसलाबाट पुनस्र्थापित नेकपा (एमाले) शिवराज नगर कमिटिले पनि बुधवार विहाना नै नेकपाको साइनबोर्ड निकालेर नेकपा एमालेको बोर्ड राखेको हो ।
अदालतको फैसलाबाट उत्साहित भएका केपी शर्मा ओली पक्षधर नेता कार्यकर्ताले मंगलवार बिहानै तौलिहवा स्थित पूर्वएमाले पार्टी कार्यालयमा एमालेको साइनबोर्ड राखिसकेका थिए । साइनबोर्ड राख्ने कार्यक्रममा लुम्बिनि प्रदेश सासंद अर्जुन कुमार के सी लगाएत स्थानिय कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।