कमल बिष्ट /कपिलवस्तु शिवराज नगरपालिका-५ चन्द्रौटामा आधारभूत स्वास्थ्य सेवा अस्पताल र नागरिक आरोग्य सेवा केन्द्रको प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले आज समुद्घाटन गर्नुभएको छ ।
कोरोनाको कहरका बिच युद्धस्तरमा निर्माण गरी आइसोलेशन सेन्टरको रुपमा प्रयोग गरीएको भवन लाई आधारभूत स्वास्थ्य सेवा अस्पतालको रुपमा रुपान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले कोरोनाको कहरले विश्वलाई ठुलो क्षति पिर्याएउदै आर्थिक र विकासका कार्यलाई समेत तहस नहस बनाएपनि शिवराज नगरपालिकाका लागि भने संकट पनि अवसरका रुपमा सदुपयोग गरी आइसोलेशन लाई अस्पताल बनाउने कार्य मात्र होइन यहि बिचमा १५ सैयाको आधारभूत अस्पताल , प्रदेश स्तरीय सरुवारोग अस्पताल, शिवराजको शिवपुरमा रहेको सडक बिभागको कार्यालय परिसर भित्र करीब २२ करोडको लागतमा प्रदेशस्तरीय निर्माण समाग्री प्रयोगशाला नोर्माण, शिवराज ८ को लक्ष्मणपुरमा प्रदेशको एकमात्र बागबानी केन्द्र निर्माणको निर्णय लगायतका महत्त्वपूर्ण कार्य भएको बताउनुभयो।
शिवराज नगरपालिकाका नगरप्रमुख कार्यक्रमका बिशिस्ट अतिथि नेत्रराज अधिकारीले शिवराज नगरपालिकाले डक्टरहरुको उपस्थितमा यहाँका नागरिक लाई एलोपेथिक र आयुर्वेदिक उपचार सेवा एउटै छानामुनीबाट दिने अवस्था बनेकाले उपचारका लागि निजी क्लिनिक धाउनुपर्ने बध्यता केहीहद सम्म यसले राहत दिने र आगामि दिनमा १५ सैयाको अस्पताल र प्रदेश स्तरीय सरुवारोग अस्पतालले शिवराज नगरपालिकाको स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन ल्याउने बताउनुभयो । शिवराज ५ का वडा अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष अर्जुनबहादुर पाण्डेले स्वास्थ्य सुबिधाका हिसाबले समस्या भोग्दै आएको वडाले फड्को मार्दै गएकोमा सम्बन्धित सबैमा धन्यवाद र नागरिक लाइ बधाई दिनुभयो ।
आइसोलेशन निर्माण समितिका अध्यक्ष महादेव पोख्रेलले कठिन अवस्थामा दुर्त गतिमा निर्माण गरिएको आइसोलेशन भवन अस्पतालका रुपमा प्रयोग हुनुले खुशी तुल्याएकाले निर्माणमा सहयोग पुर्याउने सबौमा धन्यवाद ज्ञापन गर्नुभयो नागरिकले आधारभूत अस्पताल बाट भिडियो एक्सरे, अत्याधुनिक ल्याब, प्रयोगसाला , एम बिबिएस डाक्टर द्वारा दैनिक बिरामी चेकजाच, ईमर्जेन्सी र फार्मेसी सेवा लगायत बिभोन्न सेवा प्रदान हुने त्यस्तै नागरिक आरोग्य केन्द्र बाट आयुर्वेदिक उपचार तर्फ योगा, आयुर्वेद औषधि सेवा,जेस्ठ नागरिकका लागि विसेस सेवा प्रवर्द्धन साथै स्तनपान गराउने महिलाहरुका लागि विभिन्न सुबिधा प्राप्त हुनेछन भने स्टिम बाथ लगायतका विभिन्न औबिधा थपिदै लगिने बताइएको छ ।