शरद अधिकारी चन्द्रौटा कपिलवस्तु । कपिलवस्तु मदिरा ब्यवसाही संघको आज भएको छैठो साधारणसभा तथा चौथो अधिबेशनले पुन: सन्देश कक्षपतीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्बसम्मती रुपमा निर्वाचन गरेको छ ।
जसमा वरिष्ठ उपाध्यक्ष कुलचन्द्र सिग्देल, उपाध्यक्षमा परशुराम भार,१ महासचिवमा गोबिन्द पौडेल सचिपमा मधु सिग्देल, कोषाध्यक्ष बिस्णु प्रसाद सापकोटा सहित ७ सदस्यीय रहेको छ । नेपाल मदिरा ब्यबसाही महासंघका केन्द्रिय अध्यक्ष तथा कार्यकर्मका प्रमुख अतिथि सोनाम शेर्पाले मदिरा ब्यवसाही भन्ने बितिकै समाजमा नकारात्मक बुझाइ भएकोले हामि मदिरा ब्यवसायिले अरु ब्यवसाही सरह सामाजिक उत्तरदायित्व र राज्यप्रती जवाफदेही भइ सामाजिक कार्यमा सहयोग गरिरहेको छौ भनी मदिराले घरेलु हिंसा गराएको जुन आरोप हामिले कुनै न कुनै रुपमा खेपिरहेका छौ त्यो सत्य नभएको र त्यसको पछाडीको कारण खोज्नुपर्ने बताउदै हाम्रो ब्यवसायले धेरै युवाहरुलाइ रोजगार दिइरहेको बताए ।
साच्चिकै मदिरा ब्यबसाही हकहित र अफ्ट्याराहरुमा समेत महासंघ सधै समन्वय र सहकार्य गर्दै हातेमालो गरिरहेको बताए । कतिपय बेला स्वयम् ब्यसाहिले हिसाब किताब राख्न नजान्दा समस्यामा पर्ने हुँदा सामान्य हिसाब किताब राख्न सक्ने गरि ब्यवसाही चनाखो हुनुपर्ने समेत बताएका थिए। त्त्यसैगरी बिशिस्ट अतिथी आन्तरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख दिनेश पाण्डले ब्यवसाहिक हकहितको कार्य र समुन्नत रास्ट्र निर्माणमा मदिरा ब्यवसायहरुले सहयोग गर्नेछ । मदिरा ब्यवसायिलाइ हेर्ने दृस्टीकोणमा राज्यले कुनै विभेद नगरी अरु ब्यवसाय जस्तै समान व्यवहार गरेको छ यसमा कुनै विभेद गर्न पर्ने छैन भनी ढुक्कसँग व्यापार ब्यबसाय गर्न मदिरा ब्यवसायिलाइ अनुरोध गरेका थिए ।
त्यसै गरि बिशिस्ट अतिथी बुद्धभुमी नपाका नगर प्रमुख केशब सि श्रेष्ठले कोभिड्ले ब्यापार ब्यवसायमा पारेको प्रभाब बिस्तारै कम हुँदै गएकोले ब्यवसाहिहरु न आतिकिन ब्यापार बढाउदै लैजानका लागि अनुरोध गर्दै संघले उठाएका आवाजहरु एकीकृत रुपमा बढाउन सके त्यसमा भएका समस्याहरु कम हुँदै जाने भएकोले आफू एउटा जनप्रतिनिधि भएको नाताले यहाँका समस्यासगै सधै हातेमालो गर्न तयार रहेको बताए । साधारणसभामा महासचिवले प्रगती प्रतिबेदन पेश गर्दै सस्थाले सामाजिक उत्तरदायीतब अन्तर्गत विभिन्न सामाजिक कार्य गरि सस्थाको पहिचान गराउन सफल भएको बताउदै सस्थाका सदस्यलाई आगामी वर्षबाट २ लाखको दुर्घटना बिमा सुरुवात गरिने जानकारी दिए । त्यसैगरी संघका कोषाध्यक्ष बिष्णु प्रसाद सापकोटाले आर्थिक वर्ष २०७७/०७६ मा ८ लाख ८० हजार ८ सय १५ रुपियाँको कारोबार भएको र ०७७/०७८ को श्रावण देखि हालसम्म कारोबारमा खुद बचत रकम रु ८,८१,२१५ ।- नगद रहेको बताएका थिए । सभामा पेश भएको प्रगती प्रतिबेदन र लेखा प्रतिबेदन सर्बसम्मत रुपमा ताली पिटेर अनुमोदन गरिएको जानकारि संघका अध्यक्ष सन्देश कक्षपतिले बताए । होटेल तथा ब्यवसाहि संघ कपिलवस्तुका अध्यक्ष गोपाल खत्री, सस्थापक अध्यक्ष घनस्याम पौडेल, मदिरा ब्यवसाही संघ पाल्पाका अध्यक्ष यादब सि कार्की, लुम्बिनी प्रदेश अध्यक्ष गिरिराज पौडेल, अतिथी खिम बहादुर खत्री कार्यक्रममा विभिन्न ब्यवसाही तथा संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पत्रकार समेतको सहभागि रहेको थियो। सोही कार्यक्रममा २ जना मृतक मदिरा ब्यवसाहीका परिवारलाई रु २५ हजारका दरले आर्थिक सहयोग समेत गरिएको थियो । कार्यक्रममा विभिन्न अतिथिहरुलाइ मायाको चिनो तथा कार्यसमिति, सल्लाहकार समिती, लेखासमिती, कानुनी सल्लाहकार, प्रेस सल्लाहकार र प्रतिष्ठित ब्यवसाहिहरुलाइ सम्मान गरिएको थियो । कार्यक्रम सन्देश कक्षपतिको अध्यक्षतामा कुलचन्द्र सिग्देलको स्वागत मन्तव्य र गोबिन्द प्रसाद पौडेलको संचालनमा आज बुद्धभुमी नपा २ गोरसिङेमा सम्पन्न भएको थियो ।