काठमाडौं, १३ फागुन । भारतीय जनता पार्टी (बीजेपी) का नेता सुब्रमण्यन स्वामीले सर्वाेच्च अदालते प्रधानमन्त्री ओलीको संसद् विघटन बदर गरेपछि ओली ‘घर न घाट’ भएकै अवस्थामा भारतले भारतले चतुर कदम चाल्नुपर्ने बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत् ओली उनकै कदमका कारण अहिले ‘न घर न घाट’को अवस्थामा पुगेको हुँदा यहि बेला चिनियाँ प्रभावलाई निस्तेज पार्न भारतले केहि सिक्नैपर्ने उनले बताएका छन् ।
उनले भनेका छन्, ‘ओली उनकै कदमका कारण अहिले ‘न घर न घाट’को अवस्थामा पुगेको हुँदा यहि बेला चिनियाँ प्रभावलाई निस्तेज पार्न भारतले केहीँ सिक्नैपर्छ । चिनियाँहरुले भूमिका बढाउने नै छन् त्यसैले सन्तुलन कायम राख्न भारतले निकै चतुर (मूर्खतापूर्ण होइन) राजनीतिक चाल चाल्नुपर्छ।’
यसरी सामजिक सञ्जाल ट्विटमार्फत् नेपालको राजनीतिक परिस्थितिलाई आफ्नो पक्षमा पार्नुपर्ने उनले बताएका छन्। यदि यस्तो उपयुक्त समयमा भारतले त्यसो गर्न नसके चीनले नेपालमा भूमिका बढाउने उनले बताएका छन्।
बीजेपीका केन्द्रीय कार्यसमिति सदस्य रहेका उनले नेपाल संभवतः अब लोकतान्त्रिक अवस्थामा फर्किने र गठबन्धन सरकार बन्ने भनी आफ्नो टिप्पणी सार्वजनिक गरेका छन्।