गोपाल बन्जाडे शिवराज चन्द्रौटा  । नेपाल विद्युत प्राधिकरण कपिलवस्तुले थ्रि फेज जडान गरि संचालन गरिएका साना उधोग र सिचाईका बोरिङ्गमा  निःशुल्क रुपमा स्मार्ट मिटर जडान सुरु गरेको छ ।

प्राधिकरणले ठेकेदार कम्पनी टोरब टिच काठमाडौंले ठेक्का लिएको कम्पनिले शिवराज क्षेत्र भित्रका  उपभोक्ताहरुका लागि स्मार्ट मिटर जडान गरेर याे कार्यकाे सुरूवात गरेकाे र १२२४ जनालाई स्माट मिटर जडान गर्ने जनाएको छ ।

एक दुई महिना सम्म बिल बनाउने र पछि मोबाईलमा विधुत महशुलको एस.एम.एस मार्फत जनाकारी हुने प्रविधि जडान गरिएको ठेकादार कम्पनिका प्रावधिकले जनएका छन् ।

उक्त स्मार्ट मिटर नेपाल विद्युत प्राधिकरण कपिलवस्तुले पहिलो चरणमा बाट निःशुल्क रुपमा जडाने गरिने हुँदा मिटर जडान कार्यमा सम्बन्धित उपभोक्ताहरुलाई कुनै पनि शुल्क नलाग्ने भएकाले मिटर कार्यमा खटिने व्यक्तिहरुलाई कुनै किसिमको रकम उपलब्ध नगराउन चन्द्रौटा फ्युज सेवा केन्द्रका प्रमुख दिनबन्धु आचार्यले ग्राहकलाई  अनुरोध गरेका छन् ।

स्मार्ट मिटर जडानको सुरुवातसँगै प्राधिकरणले अगाडि सारेको ‘डिजिटल एनईए’ कार्यान्वयनतर्फ गएको छ । स्मार्ट मिटर प्रयोगमा आएपछि ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ । विद्युत् खपतको डेटा दुवैतर्फ प्रसारण हुन सक्ने हुँदा सेवा केन्द्रवाट मिटर रिडिङ गर्न सकिने र विल नतिर्ने ग्राहकको लाइन सेवाबाटै अनलाइन काट्न सकिनेछ । मिटर रिडिङको कारणले हुने विद्युत् चुहावट नियन्त्रण हुने छ । कसैले मिटर बाइपास गरी विद्युत चोरी गर्न खोजेमा त्यसको जानकारी हुने हुँदा चोरी नियन्त्रणमा प्रभावकारी हुने बताइएको छ।