गोपाल बन्जाडे । विकलाङ्ग मित्र समुह अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपा, बि एण्ड बि हस्पिटल काठमाडौँ, चौराहा हस्पिटल बुटवलको प्राविधिक सहयोगमा सञ्जिवनी सामुदायिक अस्पताल चन्द्रौटाको आयोजनामा आज शनिवार निशुल्क घुम्ती शिविर सम्पन्न भएको छ। शिविरमा शारिरीक अपाङ्गता सम्बन्धी जन्मजात खुट्टाको पैतला भित्र फर्केको, ढाड बांगो वा कुप्रो भएको, हड्डि पाकेर लामो समयदेखि पिप आईरहने, औँलाहरु एकआपसमा टासिएको वा बढि भएको, ओठमा वा तालु फाटेको, र्जोनि र घुडाको पाङग्रा फुस्केको, कृत्रिम अङ्गको आवश्यकता भएको, खुट्टा लुलो तथा कमजोर भएको जस्ता अन्य शारिरीक समस्या भएकाहरुका लागी निशुल्क जाँच भएको संजीवनी सामुदायिक अस्पताल चन्द्रौटाका प्रमुख डाक्टर घनश्याम पान्डेले जानकारी दिए ।
अस्पतालकाे सामाजिक उत्तरदायित्व अन्तरगत १ जनालाई परिक्षण तथा सेवा सुबिधा नि:शुल्क गरिएको अस्पताल ब्यबस्थापन समिति अध्यक्ष टाेपलाल पाेखरेलले जानकारी दिए ।
आज सम्पन्न निशुल्क स्वास्थ्य परिक्षण शिविरमा करिब ५० जनाले स्वास्थ्य परिक्षण गरेकाेमा १० जनालाई कृत्रिम हात खुट्टा बितरण गर्नुपर्ने खालका समस्या देखिएकाे शिविरका टाेली प्रमुख डाक्टर सुभाष खत्रीले जानकारी दिए । अबको दुई महिनाभित्र विभिन्न संघसंस्थासग सम्बन्यय गरि पुन बृहत स्वास्थ्य शिविर संचालन गर्ने र आवश्यकता अनुसारको कृत्रिम हातखुट्टा बितरण गरिने अस्पताल ब्यबस्थापक वाईपी पौडेलले जानकारी दिए ।शिविरमा सहभागीले यस्ता खालका शिविरले अपांगलाई धेरै सहयोग पुग्ने बताएका थिए ।