शिवराज खेल महोत्सव सम्पन्न भएको छ । शिवराज नगरपालिकाको आधार कृषि उद्योग पर्यटन र पूर्वधार,स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नारा सहित खेल महोत्सव आयोजना भएको हो ।
खेल महोत्सवमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भलिबल, एथलेटिक्स, कराते लगायताका प्रतिस्पर्धा विद्यालय स्तरिय प्रतियोगिता भएको शिवराज नगर खेलकुद विकास समितिका संयोजक नेत्र बेल्वासेले बताए । यस्तै मेयर कप प्रतियोगिता तर्फ फुटबल, भलिबल र क्रिकेट प्रतियोगिता हुनेछ भने उप मेयर कप तर्फ, महिला फुटबल, र महिला कराते प्रतिस्पर्धा भएको संयोजक वेल्वासेले बताए । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा १५ विद्यालयको सहभागित रहनेछ भने मेयर उपमेयर कप तर्फ फुटबलमा १३ र क्रिकेटमा ७ टिम दर्ता भएको बेल्बासेले बताए ।
खेलकुद समापन्न समाहोरमा आफनो मन्तव्य राख्दै खेलको माध्यम वाट सबै स्तरका खेलाडीहरु सहभागी हुने असर प्राप्त गर्ने र राम्रो खेलाडीहरुलाई प्रोत्साहन गर्नु पर्ने नेपालिका काग्रेसका नगर सभापति मधुसुदन पोखरेलले बताए ।
शिवराज नगरपालिकाको शिक्षा तथा युवा खेलकुद शाखाले सकारत्मक कामका लागि सदैव सहयोगको आशा शिवराजले राख्दै विजेता खेलाडीलाई शाखा प्रमुख लोकराज पन्थीले शुभकामना दिएका थिए ।
प्रमुख अतिथिहरुको आसन वाट बोल्दै नगर प्रमुख नेत्रराज अधिकारीले आगामी वर्ष ११ वटा वडामा खेलकुद सम्पन्न गरि उतकृष्ट खेलाडीलाई नगर स्तरिय प्रतियोगिता सहभागी हुने गरि योजना बनाईने अधिकारीले बताए । यस वर्ष ३९ वटा खेल खेलाईएको र ११२५ जना खेलाडीले प्रतिशपर्धा गरने अवसर प्राप्त गर्न सफल भएका छन् । यस खेल अवधि भर सहयोग गर्ने सम्पुर्ण प्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका थिए ।
कार्यक्रमको अध्यक्षताको आसन वाट बाेल्दै शिवराज खेल महोत्सवमा सहभागीहरुको उलेखनिय सहभागिताले आयोजकमा थप हौसला प्रदान भएको छ । आगामी वर्ष देखि खेलमा उतकृष्ट हुने विधार्थीलाई छात्रवृति उपल्बध गराईने बताए । खेल महोत्सव समापन्न गर्न सहयोग दिने समपुर्णलाई धन्यवाद दिएका थिए । कार्यक्रम शिवराज नगरपालिकाका शिक्षा तथा युवा खेलकुद शाकाका अधिकृत पुर्ण विश्वकर्माले गरेका थिए ।