विजयनगर कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा विजयनगर ४ ईमिलिखर्क बस्ने ३२ वर्षीय कर्ण बहादुर मल्ल पक्राउ परेको प्रहरीले पक्राउ जनाएको छ ।
मल्लले ती किशोरीलाई सोही गाउँपालिकाको वडा न २ स्थित गुगौली स्थित जंगलमा शुक्रबार जबरजस्ती करणी गरेका पिडित किशोरीले बताइन् । करणी गरेको सुचना प्रहरीले प्राप्त गर्न साथ मल्ललाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक रण बहादुर विष्टले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक विष्टले बताए।