Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

होटल व्यवसायलाई मर्यादित बनाउने व्यवसायीको प्रतिबद्धता ।


होटल व्यवसायलाई मर्यादित बनाउने व्यवसायीको प्रतिबद्धता ।

शिवराज चन्द्रौटा । कपिलवस्तुका होटल व्यवसायीले आफ्नो पेशा व्यवसायलाई स्वस्थकर, स्वच्छ, सफा र मर्यादित बनाउने प्रतिबद्धता जाहेर गरेका छन् ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुको आयोजना र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुको समन्वयमा सम्पन्न दुई दिवसीय खाद्य स्वच्छता विषयक अभिमुखीकरणका सहभागीले यस्तो बाचा गरेका हुन् ।

अभिमुखीकरणको समापनको अवसरमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका जिल्ला अध्यक्ष गोपाल बहादुर के.सी.ले होटल व्यवसाय केवल आर्थिक उपार्जनका लागि मात्र नभई सरसफाई, खानाको शुद्धता, स्वस्थकर र व्यवसायलाई मर्यादित रुपमा संचालन गर्न सुझाव दिए । उनले होटल व्यवसायमार्फत समग्र जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत ठूलो टेवा पु¥याउँदै आएको उद्घोष गरे ।

त्यसैले होटल व्यवसायको माध्यमबाट जिल्लाकै पहिचान जोगाउन सबैले अहम भूमिका खेल्नुपर्नेमा समेत जोड दिए । यता होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ घर्तीले दुई दिनसम्म सिकेका सीपलाई व्यवहारमा अवलम्बन गर्दै व्यवसायमा कुनै पनि किसिमको आँच आउने जस्ता गतिविधिमा लाग्न नहुनेमा जोड दिए । समापनको अवसरमा होटल व्यवसायी संघ शिवराज नगर इकाई अध्यक्ष विष्णु प्रसाद पोख्रेलले सिकेका सीपलाई व्यवहारमा लागू गर्न सके मात्र तालिमको सार्थकता रहने विश्वास व्यक्त गरे ।

अभिमुखीकरण सहजीकरणका क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, रुपन्देहीका कार्यालय प्रमुख बिमल कुमार दाहालले होटल, रेष्टुरेन्ट तथा क्यान्टिन संचालकले खाद्य पदार्थको स्वच्छतामा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । साथै उनले आजकल खाद्य पदार्थमा विभिन्न किसिमका मिसावट गरेको भेटिने हुँदा यस्ता गलत धन्दामा नलाग्न होटल व्यवसायीहरुलाई सुझाव दिए ।

यता खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख तथा तालिम संयोजक शिवशंकर मिश्रले खाद्य पदार्थको शुद्धतासँगै सरसफाइ र गुणस्तरमा ध्यान दिनुपर्ने सुझाव दिए । कार्यक्रमलाई सहजीकरण गर्दै उनले खाद्य पदार्थमा मिसावट र केमिकल, विषादीको असरका साथै खाद्य स्वच्छताका लागि त्यस सम्बन्धी नीति नियम र तरिकाबारे प्रत्याएका थिए ।

जिल्लाको चन्द्रौटास्थित होटल के–लियोको सभाहलमा संचालन भएको दुई दिने अभिमुखीकरणमा जिल्लाको विभिन्न स्थानमा होटल तथा रेष्टुरेन्ट व्यवसाय संचालन गर्दै आएका व्यवसायीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

ताजा समाचार

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline