Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

होटल व्यवसायीलाई खाद्य स्वच्छता सम्बन्धी अभिमुखीकरण स्वस्थ जीवनका लागि खाद्य स्वच्छता अपरिहार्य ।


होटल व्यवसायीलाई खाद्य स्वच्छता सम्बन्धी अभिमुखीकरण स्वस्थ जीवनका लागि खाद्य स्वच्छता अपरिहार्य ।

चन्द्रौटा(कपिलवस्तु), २३ माघ ।
स्वस्थ जीवन यापनका लागि खाद्य स्वच्छता अपरिहार्य रहेको एक कार्यक्रमका सहजकर्ताले जोड दिएका छन् । होटल रेष्टुरेन्ट तथा क्यान्टिन संचालकहरुलाई खाद्य स्वच्छता सम्बन्धी अभिमुखीकरणका सहजकर्ताले सो कुरामा जोड दिएका हुन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख शिव शंकर विष्टले होटल व्यवसायीले खाद्यवस्तुको स्वच्छतामा विशेष ध्यान दिन आग्रह गरे ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुको समन्वयमा जिल्लाको चन्द्रौटास्थित होटल के–लियोको सभाहलमा शुक्रबारदेखि संचालन भएको दुई दिने अभिमुखीकरणका क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख विष्टले खाद्य पदार्थ गुणस्तर कायम राख्ने विधि र सरसफाइको विषयवस्तु, खाद्य पदार्थमा मिसावट र केमिकल, विषादीको असर लगायतका विषय वस्तुुबारे सहजीकरण गरेका थिए । उनले सो अवसरमा खाद्य स्वच्छताका लागि त्यस सम्बन्धी नीति नियम र तरिकाहरुका बारेमा समेत जानकारी गराएका थिए । सोही प्रसंगमा उनले खाद्य स्वच्छताको हिसावले होटल तथा रेष्टुरेन्टको बर्गीकरण गर्ने तयारी भइरहेको जानकारी समेत दिए ।

कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका केन्द्रिय सदस्य ढुुण्डिराज अधिकारीले खाद्य पदार्थ गुणस्तरीय र सफा हुनुपर्नेमा पनि सबै सचेत हुनुपर्नेमा जोड दिए । होटल तथा रेष्टुरेन्ट क्षेत्रका लागि खाद्य स्वच्छता सम्बन्धी विषय झनै महत्वपूर्ण हुने उनले औल्याए । कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष गोपाल बहादुर खत्रीले जिल्लाका सम्पूर्ण होटल व्यवसायीहरु खाद्य पदार्थको गुणस्तर र सरसफाइमा विशेष ध्यान दिनुपर्ने आग्रह गरे । पर्यटन प्रवद्र्धनका दृष्टिकोणले होटल व्यवसायी अग्रपंक्तिमा आउने दाबी गर्दै अध्यक्ष खत्रीले खाद्य पदार्थको स्वच्छता, गुणस्तरका साथै व्यवसायको साथसाथै जिल्लाका ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पु¥याएको उद्घोष गरे । शनिबार सकिने अभिमुखीकरणमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तका वरिष्ठ उपाध्यक्ष लेखनाथ घर्ती, उपाध्यक्ष सन बहादुुर सारु लतायत होटल तथा रेष्टुरेन्ट व्यवसाय संचालन गर्दै आएका २५ बढी व्यवसायीहरुको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

शिवराजद्वारा बड्का अटवारीकाे विदा

शिवराजद्वारा बड्का अटवारीकाे विदा

एनएमबि बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता

एनएमबि बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता

कपिलवस्तुका ७ स्थानिय तहमा आज सार्वजनिक विदा

कपिलवस्तुका ७ स्थानिय तहमा आज सार्वजनिक विदा

अध्यक्ष थापाको पहलमा शंकरपुर ताल निर्माण गर्न १० लाख

अध्यक्ष थापाको पहलमा शंकरपुर ताल निर्माण गर्न १० लाख

समृद्धि फाइनान्सको सामाजिक उत्तरदायित्व विद्यालय सुन्दरीकरणमा

समृद्धि फाइनान्सको सामाजिक उत्तरदायित्व विद्यालय सुन्दरीकरणमा

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline