किशोरीहरुको सवालमा शिक्षक र धर्म गुरुहरुलाई दुई दिने गोष्ठी शिवराज नगरपालिकाको चन्द्रौटामा सम्पन्न भएको छ । समाजमा किशोरीहरुले भोग्दै आएको सकारत्मक र नकारत्मक विभेद कम गर्न गोष्ठिको आयोजना गरिएको गोविन्द धवलले बताए । शिक्षकहरु संगको छलफलमा समाजमा छोराको चाहनाले महिलाहरुको जिवनमा ल्याउने परिमाणहरुको बारेमा गहन छलफल गरिएको धवलले बताए । अहिले पनि समाजमा छोरीहरुको सानो उमेरमा विवाह गर्नाले व्यक्तित्व विकास गर्ने समयभन्दा पनि अगावै बाल्यकालमै विवाह गरिदिएको खण्डमा पछि गएर विभिन्न किसिमका दुष्परिणामहरू आउन सक्ने हुनाले सो को बारेमा सजग तथा सावधानी अपनाउना जरुरी रहेको छलफलका सहभागीहरुले बताएका थिए ।
किशोरी शसक्तिकरणका लागि एक दिने गोष्टी शिवराज नगरपालिकाको चन्द्रौटामा सम्पन्न भएको छ । पुरुष प्रधान रहेको समाजमा किशोरीहरुको समस्या ब्यापक रहेकोले त्यसलाई न्युनीकरण गर्नकालागी धर्म गुरुको भुमिका महत्वपुर्ण हुने कुरामा सहभागीहरुको जोड दिएका थिए ।
केयर नेपालको सहयोग र दलित समाजिक विकाश केन्द्रको आयोजनामा संचालित Tipping परियोजनाले किशोरीहरुमा रहेको विधमान समस्याहरु समाधानको लागी सकारात्मक भुमीका खेलनु अहिलेको आवश्यकता रहेको प्रति धर्म गुरुहरु सकारत्मक हुदै गएको बताए ।
अहिले किशोरीहरु समाजमा रहेको विधमान कुरितिहरुलाई समाधान गर्नकालागी किशोरीहरु संगठित हुदै गएकोले किशोरीमाथि हुने गरेको सवै प्रकारका हिँसाहरुमा कमी आउन थालेकेो विषय सकारत्मक संकेत भएको सहभागीले बताए ।
कार्यक्रमको सहजीकरण केयर नेपालका शिक्षा विद्ध शितेस तिवारी दलित समाजिक विकाश केन्द्रका गोविन्द धवल र संगिता चौरसियाले सहजीकरण गरेका थिए ।