चन्द्रौटा,शिवराज  । कपिलवस्तुको शिवराज नगरपालिकाले स्थापना गरेको आधारभुत स्वास्थ्य सेवा अस्पतालमा ‍‍‍‍‍कोरोना भाइरस विरुद्धको खोप कार्यक्रम सुरु भएको छ ।

आधारभुत स्वास्थ्य सेवा अस्पतालबाट पहिलो चरणमा खोप लगाउन सुरु गरिएको शिवराज स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले जानकारी दिए  । खोप लगाउना आएका व्यक्तिहरुको अस्पतालका डा महेश गुप्ताले  स्वास्थ्य परिक्षण गराई खोप लगाएका थिए ।

कपिलवस्तु जिल्ला खोप अधिकृत चिन्तामणी ज्ञेवालीको नेतृत्वमा रहेको विषेश टिम परिचाल गरिएको   र शिवराज नगरपालिकाका प्रशासकिय प्रमुख गणेश प्रसाद अर्याको  उपस्थितिमा  स्वास्थ्य शाखा प्रमुख भट्टराईले  पहिलो खोप लगाएर अभियानको सुरुवात  गरेका हुन ।

शिवराज नगरपालिका र विजय नगरगाँउपालिका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालक, सफाइकर्मी तथा स्वास्थ्य क्षेत्रमा कार्यरत सुरक्षाकर्मीलाई खोप लगाइनेछ ।

यसमध्ये शिवराज नगरपालिका स्वास्थ्यकर्मी, स्वयंसेविका, एम्बुलेन्स चालक, सफाइकर्मी लगायत २ सय ५० जना र विजयनगर गाउँपालिकाका १ सय जनाले खोप लगाउने तालिका रहेको खोप अधिकृत ज्ञेवाली बताए ।