नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शिवराज नगर कमिटी सदस्य, चेम्बर अफ कमर्स कपिलवस्तुका महासचिव तथा नेपाल आयुर्वेद आौषधि व्यबसायि संघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष गोपाल बञ्जाडेले आफ्नो जन्मदिनको अवसरमा कपिलवस्तुुको खरेन्द्रपुरमा बटुकहरुलाइ लाई एक दिने दिवा खाजा संगै स्वास्थ्य परिक्षणमा सहयोग गर्नु भएको छ ।
नेपाल आयुर्वेद आौषधि व्यबसायि संघ कपिलवस्तुका जिल्ला अध्यक्ष समेत रहेका बञ्जाडेले निशुल्क स्वास्थ्य परिक्षण गरेको कपुरी अनलाइनलाई बताए । बन्जाडेले बालहंस साङवेद आश्रम खरेन्द्रपुरमा रहेका २५ जना बटुक लाई दिवा खाजालाई सामाग्री सहयोग गरेको बताए । बञ्जाडेले केक काटेर साथीभाई सँग राम-रमाईलो गरेर जन्म दिन मनाउनु भन्दा टाढा टाढाबाट अध्ययनका लागि आश्रममा बसेका
बटुकहरुलाई दिवा खाजा को लागि सामाग्री सहयोग गरेको बताए । उहाँले सहयोग गर्नु जन्मको सार्थकता भएका कारण आफुले श्रृजनशिल समाजमा आएर अनाथहरुको सहयोग गरेको बन्जाडेले बताउनुभयो ।
कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष महादेव पोखरेल ,समयथान बहुमुखी क्याम्पस खरेन्द्रपुरका प्राध्यापक नारायण बन्जाडे , बालहंस साङवेद आश्रम खरेन्द्रपुरका प्राचार्य गोकुल प्रसाद सुवेदी , हिमालय कम्पनीका ज्ञानेन्द्र बन्जाडे लगायतले सो अवसरमा जन्मदिनको अवसरमा शुभकामना ब्यक्त गरेका थिए ।