सुरेश कुमार पाण्डे कपिलवस्तु । ठगी अपराध र बोकसी आरोप मुद्धाका फरार प्रतिबादी पक्राउ परेको कपिलवस्तु प्रहरीले जनाएको छ । ठगी अपराध मुद्धामा संलग्न रही सम्मानित कपिलवस्तु जिल्ला अदालतको लगत नं ३३०० मिति २०७५।११।०८ गतेको फैसला अनुसार १ बर्ष कैद र रु ७,७१,५०७।– (सातलाख एकहत्तर हजार पाँचसय सात) जरिवाना ठहर भएको प्रतिवादी कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका ३ जवाभारी बस्ने बर्ष २८ को अल्ताफ मुसलमानलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै बोक्सीको आरोप मुद्दाको लगन नं. ३३८६ मिति २०७५।०७।०७ गतेको फैसला अनुसार ६ महिना कैद र ५००० (पाँच हजार) लागत असुल हुन बाँकी रहेकी कपिलवस्तु नगरपालिका ६ बस्ने बर्ष ३५ कि फगुनी थरुनीलाई खोजतलासको क्रममा मिति २०७७।०९।०७ गते पक्राउ गरिएको प्रहरीले जनाएको हो । उनलाई आज सम्मानित कपिलवस्तु जिल्ला अदालतमा पेश गरिएको र थप अनुसन्धान जारी छ ।