शिवराज नगरपालिकाको वडा न ५ मा स्वास्थ्य समिति र शिक्षा समिति गठन भएको छ । शिक्षा समितिको अध्यक्षमा वडा अध्यक्ष अर्जुन ब पाण्डे सदस्यहरुमा जैस मोहम्द मियाँ,खगि सुनार,सुरेन्द्र चौधरी,टिकाराम पाण्डे,तुल्सा खनाल र सदस्य सचिव मधुकला घर्ति रहने गरि ७ सदस्य शिक्षा समिति गठन भएको वडा अध्यक्ष पाण्डेले बताए ।
आज बसेको बैठकले ११ सदस्य रहने गरि स्वास्थ्य समिति गठन गरेको छ । स्वास्थ्य समितिको अध्यक्षमा अर्जुन कुमार पाण्डे उपाध्यक्षमा शान्ता सेन महिला शिक्षको तर्फ कल्पना पाण्डे मनोनित सदस्यमा सिता रेग्मी व्यापार संघका प्रतिनिधि गोपाल बन्जाडे महिला स्वास्थ्य स्वयम सेविका लक्ष्मी उपाध्य किशोरी प्रतिनिधि सुमित्रा वि क दलित सदस्य वेगम वि क जेष्ठ नागरिक वाट राम प्रसाद पौडेल र डा महेश गुप्ता सदस्य सचिव चयन भएको गोपाल वन्जाडेले बताए ।