Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

अपाङ्गताका सवालमा बनेका ऐन कानून कार्यन्वयको अवस्था र चुनौती बारे छलफल ।


अपाङ्गताका सवालमा बनेका ऐन कानून कार्यन्वयको अवस्था र चुनौती बारे छलफल ।

शर्मिला विश्वकर्मा,काठमाण्डौं । राष्ट्रिय शारीरिक अपाङ्ग संघ र एशिया प्यासेफिक अपाङ्गता भएका युवाहरुको इन्चोन रणनीतिको नेटवर्कको आयोजना तथा राष्ट्रिय अपाङ्ग युवा सञ्जाल नेपाल र नेत्रहिन युवा संघ नेपालको सहकार्यमा अपाङ्गता भएका युवाहरुको इन्चोन रणनीतिको कार्यन्वयनको अवस्था र चुनौती विषयक कार्यशाला काठमाण्डौंमा सम्पन्न गरिएको छ ।

 

सो कार्यशालामा राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपालका अध्यक्ष किरण शिल्पकारले संस्थाले अपाङ्गता भएका व्यक्तिहरुका लागि सञ्चालन गरेका कार्यक्रमहरुको विषयमा कार्यत्रप प्रस्तुत गर्नु भएको थियो । त्यसै गरी नेत्रहिन महिला संघकी कार्यक्रम अधिकृत लक्ष्मी नेपालले इन्चोन रणनीति, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धि र दिगो विकास लक्ष्य कार्यन्वयनमा एशिया प्रान्त क्षेत्रका युवाहरुको भूमिकाको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सो कार्यशालामा नेत्रहिन युवा संघ नेपालका महासचिव रामचन्द्र गैरेले अपाङ्गता भएका युवाहरुका लागि बनेका नीति निययमहरु कर्यन्वयन हुनु पर्ने बताउनु भयो भने राष्ट्रिय अपाङ्ग युवा सञ्जालका अध्यक्ष महेन्द« थापाले अपाङ्गता भएका व्यक्तिहरुका लागि बनेका जति पनि नीति नियमहरु तथा ऐन कानूनहरु पूर्ण रुपमा कार्यन्वयनका लागि सबै एक जुट भएर सरकारको ध्यान केन्द्रित गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

 

त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी उपाध्यक्ष रमा ढकालले राज्यका सबै निकायहरुमा अपाङ्गता भएका युवाहरुको पहुँच हुन जरुरी रहेको बताउदै राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अपाङ्गता भएका युवाहरुको पहिचान गरी अधिकार प्राप्तीका लागि जनस्तरमा नै वकालत गर्न सहयोग गर्ने बताउनु भयो । उक्त कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता भएका व्यक्तिहरुका विभिन्न सवालमा बनेका रणनीति, कार्ययोजना तथा आएका दस्तावेजहरु कार्यन्वयनका लागि सरकारको ध्यानकर्षण गरेको र अबका दिनमा पनि सहकार्य गरेर काम गर्ने बताउनु भयो । सो कार्यक्रम विशेष गरी एशिया प्रान्तमा रहेका सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको हक हित र अधिकार सुनिश्तिको लागि आयोजना गरिएको थियो भने सो कार्यक्रममा विभिन्न प्रकारका अपाङ्गता भएका युवाहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

बिश्वकर्मा समाजकाे प्रथम जिल्ला भेला सम्पन्न

बिश्वकर्मा समाजकाे प्रथम जिल्ला भेला सम्पन्न

एमाले कपिलवस्तुको टोली भुकम्प पीडितको उपचार र पुर्ननिर्माण गरि फकिँदै

एमाले कपिलवस्तुको टोली भुकम्प पीडितको उपचार र पुर्ननिर्माण गरि फकिँदै

बिहानीकाे ९औं साधरण सभा

बिहानीकाे ९औं साधरण सभा

ज्ञानज्याेतिले मनायो १५औं बार्षिकाेत्सव

ज्ञानज्याेतिले मनायो १५औं बार्षिकाेत्सव

वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया

वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

ताजा समाचार

रकमअभावमा उपचारबिहिन बने कपिलवस्तुका लिलबहादुर सुनार

रकमअभावमा उपचारबिहिन बने कपिलवस्तुका लिलबहादुर सुनार

कपिलवस्तुमा न्यायधीस ज्ञवालीको पुत्ला जलाईयो

कपिलवस्तुमा न्यायधीस ज्ञवालीको पुत्ला जलाईयो

होर्डिङ बोर्ड हटाउन सडक डिभिजन कार्यालय शिवपुरको सात दिने सूचना

होर्डिङ बोर्ड हटाउन सडक डिभिजन कार्यालय शिवपुरको सात दिने सूचना

शिवराजमा कराते खेलाडी र प्रशिक्षक सम्मानित

शिवराजमा कराते खेलाडी र प्रशिक्षक सम्मानित

विजयनगरमा लागू भएको नवप्रवद्धर्नवाट प्राप्त अनुदानको बिउ कमसल किसान निराश कर्मचारीले लगाए एक आर्कोलाई दोष

विजयनगरमा लागू भएको नवप्रवद्धर्नवाट प्राप्त अनुदानको बिउ कमसल किसान निराश कर्मचारीले लगाए एक आर्कोलाई दोष

बिश्वकर्मा समाजकाे प्रथम जिल्ला भेला सम्पन्न

बिश्वकर्मा समाजकाे प्रथम जिल्ला भेला सम्पन्न

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline