केशव बेल्वासे । कपिलवस्तु नेपाल आर्दश बहुमुखी क्याम्पस शिवराज १ शिवपुरले क्याम्पस बस संचालनमा ल्याएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको सुविधाकालागि बस संचालनमा ल्याएको हो ।
लुम्बिनी प्रदेश प्रदेश सभा सदस्य अर्जुन कुमार केसिले आज रिवन काटेर तथा बस गुडाएर उद्धघाटन गर्नुभएको छ । त्यस्तै आजै एकैसाथ व्याडमिन्टन कोर्टको पनि उद्घाटन गरीएको छ । शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले रिवन काटेर कोर्टको उद्धघाटन गर्नुभएको हो ।
शिवराज नगरपालिकाको आर्थिक सहयोगमा व्याडमिन्टन कोर्ट र लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा क्याम्पस बस संचालनमा ल्याईएको हो । उद्घाटन समारोहमा बोल्दै प्रदेश सभा सदस्य अर्जुन कुमार केसिले क्याम्पस बस संचालनपछि सहज स्थितिको सुरुवात भएको बताउनु भयो । बस संचालनले मात्रै क्याम्पसको गुणस्तर बृद्धि नहुने हुदा क्याम्पसले गुणस्तरीय शिक्षा प्रदान गनुपर्नेमा जोड दिनुभयो ।
क्याम्सले प्रदान गर्ने शिक्षा गुणस्तरीय भएमा आफै विद्यार्थि संख्या बृद्धि हुने र विद्याथिको आर्कषकको विन्दु हुने बताउनु भयो । प्रदेश सभा सदस्य केसिले विद्यालयमा विद्यार्थीको उपस्थिती संख्या बढाउन स्कुल बस कोसेढुङगा बनोस भन्ने सुभकामना पनि व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल आर्दश बहुमुखि क्याम्पस सस्थापक अध्यक्ष तथा शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले शिक्षा समग्र विकासको अपरिहार्य आवश्यकता भएकाले नगरपालिकाको शैक्षिक सुधारको लागि निरन्तर लागेको बताउनुभयो ।
नगर प्रमुख अधिकारीले भवन निर्माण र भौतिक विकासले मात्र नहुने बताउदै विद्यार्थि संख्या बृद्धि र क्याम्पसले प्रदान गर्ने शिक्षाको गुणस्त राम्रो हुनुपर्ने बताउनु भयो । क्याम्पस संचालक समिति अध्यक्ष लंक बहादुर हमालले बस ल्याउने वर्षौदेखिको सपना यसवर्ष पुरा भएको बताउनु भयो । विद्यार्थिहरु सुरक्षित तवरले विद्यालय आउन जान सक्ने र विद्यार्थिहरुलाई शिक्षामा सहज पहुँच पु¥याउन क्याम्पस बस संचालनमा ल्याइएको बताउनु भयो ।
गुणस्तरीय शिक्षा प्रदान गर्नमा शिक्षकको महत्वपुर्ण भुमिका हुने हुदा शिक्षक नै खटिएर लाग्नु पर्ने बताउनु भयो । घरदैलो अभियान मार्फत विगतको बर्षमा भन्दा अहिले केहि विद्यार्थि संख्या बृद्धि भएको अध्यक्ष हमालले बताउनु भयो । कार्यक्रममा बोल्ने सम्पुर्ण बक्ताहरुले क्याम्पसमा विद्यार्थि संख्या बृद्धि र शिक्षाको गुणस्तर राम्रो हुनुपर्नेमा जोड दिनुभएको थियो ।
नेपाल आर्दश बहुमुखि क्याम्पस संचालक समिति अध्यक्ष लंक बहादुर हमालको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसि, नगरप्रमुख नेत्रराज अधिकारी,उपप्रमुख शिवकुमारी थारु, राजनितिक दलका नेता, जनप्रतिनिधि, क्याम्पसका सस्थापक सदस्यहरु तथा संचालक समितिका पदाधिकारी, क्याम्पस प्रध्यापक, विद्यार्थि लगायतको सहभागिता रहेका थियो ।