चन्द्रौटा । दुर्घटना न्युनिकरण गर्नका लागि चन्द्रौटामा रिफ्रेस सेन्टरको निर्माणको काम तिव्र गतिमा भई रहेको लुम्बिनि प्रदेशका सांसद अर्जुन कुमार के सी ले बताए । यस क्षेत्रमा निर्माण हुन लागेको उक्त रिफरेस सेन्टरमा चालकहरुका लागि विश्राम गर्ने उपुक्त पोइन्ट हुने के सी ले बताए ।
लामो दुरीमा सवारी सञ्चालन गर्ने चालकहरुले केही क्षण बिश्राम गर्ने थलोको रुपमा बिकास गर्न र यस क्षेत्रमा हुने सम्भावित दुर्धटना न्युनिकरण गर्न यो अवधारणाको विकाश भएको के सी ले दाबी गरे ।
कपिलवस्तुको पश्चिमि क्षेत्र अन्तरगर्त सबै भन्दा बढि दुर्धटना हुने र अनाहकमा व्यक्तिहरुको ज्यान जाने भएकोले आफुले सक्दो पहल गरि प्रदेश सरकारको साढे ४ करोडको लगानीमा रिफरेस सेन्टर निर्माण हुने के सी ले बताए । निर्माण कार्य तिव्र गतिमा काम अगाडी बढेको उनले बताए । गत वर्षको तथ्याङ्क अनुसार चन्द्रौटा क्षेत्रमा २३७ सवारी दर्घटना भएको र अहिले सम्म १० जनाले सवारी दुर्घटनाम मृत्यु भएको ट्राफिक प्रहरी सहायक निरिक्षक प्रकाश चौधरी बताए । तथ्याङ्क अनुसार सवारी साधनको आयतमा १९ प्रतिशतले बृद्वि भएको र आवश्यक्ता अनुसार सडक विस्तार नहुनुका साथै चालकहरुको लापर्वाहीका कारण दुर्घटनामा न्युनिकरणमा कमी आउन नसकेको चौधरीले बताए ।