शिवराज नगरपािलका भित्र कुष्ठरोगीहरुको अवस्था र अष्टेलियन एड संस्थाले गरेको वर्ष भरिको कामको समिक्षा गरिएको स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले बताए ।
संस्थाले कपिलवस्तुको वाणगंगा र शिवराज नगरपािलकको वडा न ९ मा ४ वटा समुह निर्माण गरि रोग बारे जनचेतना र आय आर्जनको क्रियाकलाप गर्दै आएको परियोजनाका व्यवस्थापक विष्णु ढुंगनाले बताए ।
शिवराज क्षेत्रमा कृष्ठरोगीहरु सख्या बढनु दुखद रहेको नगर प्रमुख नेत्रराज अधिकारीले बताए ।अधिकारीले कुष्ठरोगको समयमा उपचार हुन सके शारिरिक अंड्गमा कुनै पनि विक्रिति नआउने र उपचार पछि रोग निको हुने बताए । अधिकारीले शरिरको छालाम सेतो दाग देखिने बितिकै उपचार गर्न र रोग नलुकाउन आग्रह गरे ।
कानको लोति बाक्लो हुने, शरिरमा फु्स्रो छाला हुने, छालामा गिर्खा आउने, अनुहारको छाला बाक्लो हुने आंखी भुईका रौंहरु झर्ने लगायतका लक्षण देिखने बितिकै स्वास्थ्य संस्थामा आउना र रोगिहरुको स्वास्थ्य संस्थामा निशुल्क जाँच तथा उपचार हुने शिवगढी स्वास्थ्य संस्थाका प्रमुख विरेन्द्र मिश्राले बताए ।
कपिलवस्तुको दुई वटा नगरपालिका उच्च जोखीममा रहेको तथ्याक जिल्ला जनस्वास्थय कार्यालय कपिलवस्तु संग रहेका जिल्ला स्वास्थ्य कार्यालयका फोकल व्यक्ति इरफान खानले बताए । कार्यक्रम स्वास्थ्य सि अनमि निरिक्षक नर्मदा घिमिरे पौडेलको संचालन र सामाजिक विकाश समिति संयोजक सिवि गहतराजको अध्यक्षतामा सम्पन्न भएको थियो ।